बुद्धिमान भेंडा

आइतबार, ०३ मङि्सर २०७४, ०२ : १५ शुक्रवार
बुद्धिमान भेंडा

नेपाली समाजमा भेंडालाई बुद्धु जनावरका रुपमा लिइन्छ । कसैलाई गाली गर्दा समेत एकोहोरो भेंडोको संज्ञा दिइन्छ । तर हामीले नर्कार्दै आइरहेका भेंडा बुद्धिमान हुने कुरा एक अध्ययानले देखाएको छ । भेंडाले सेलिब्रिटीहरुका अनुहार पहिचान गर्न सक्ने उक्त अध्ययनले देखाएको हो ।
लामो समय अघिदेखि नै भेंडाले आफ्नो मालिकलाई पहिचान गर्ने कुरा त आइरहेको थियो । तर अहिले वैज्ञानिकहरुले पाल्तु भेंडालाई तालिम दिएमा चर्चित मानिसहरुको अनुहार पहिचान गर्नसक्ने खुलासा गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर जेनी मोर्टनको समूहले भेंडामा स्मरण क्षमता मानिस र बाँदरको जस्तै हुने पत्ता लगाएका हुन् । प्रोफेसर जेनीको समूहले आठ भेंडा लिएर चार चर्चित सेलिब्रिटीहरुको अनुहार पहिचान गर्न लगाएका थिए । उनीहरुले पत्रकार फियोना ब्रुस, अभिनेता जेक ग्लेनहाल र अभिनेत्री एम्मा वाटसनसँगै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको तस्बिर पहिचान गर्न लगाएका थिए ।
अध्ययनको सिलसिलामा उनीहरुले प्रत्येक भेंडालाई दुई–दुई सेलिब्रिटीका अनुहार पहिचान गर्न लगाएका थिए । सही तस्बिर पहिचान गर्नेलाई पुरस्कार स्वरुप गेडागुडी खान दिइएको थियो । पुरस्कार बिनै दश पटकमा आठ पटक उनीहरुले सही अनुहार पत्ता लगाएका थिए । सेलिब्रिटीसँगै भेंडाले आफूसँग दुई घन्टा बिताउने मानिसको अनुहार पत्ता लगाउन सक्ने उनीहरुको अध्ययनले देखाएको छ । उनीहरुलाई दश पटकसम्म पहिचान गराउन लगाउँदा सात पटकसम्म सफल भएका थिए । भेंडामा यसरी पहिचान स्मरण राम्रो पाउँदा हन्टिङटन बिमारका कारण स्मरण शक्ति गुमाउने रोगी मानिसहरुको सुधारका लागि प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ ।

Leave A Comment