फलफूलले घटाउँछ छालाको चाउरी

आइतबार, ०३ मङि्सर २०७४, ०२ : ०७ शुक्रवार
फलफूलले घटाउँछ छालाको चाउरी

बढ्दो उमेरसँगै मानिसहरुको अनुहारमा चाउरीपन देखा पर्न थाल्छ । कहिले काही सानो उमेरमा पनि अनुहारमा चाउरीपन आउँने गर्छ । फलफुल खाएर पनि अनुहारको चाउरीपनलाई कम गर्न सकिन्छ ।
सुन्तलामा धेरै मात्रामा पोषण हुन्छ । सुन्तलामा भिटामिन सी हुन्छ,  यो फलले छालालाई कसिलो र चम्किलो बनाउन मदत गर्छ । सुन्तलाको जुसले बढ्दो उमेरलाई कम देखाउन मदत गर्छ । सुन्तलाको जुस अनुहारमा लगाउनाले  अनुहारका विबिरा, धर्सा कम हुन्छ । स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सी ले छालालाई चम्किलो बनाउछ । यसमा  छालाका लागि अत्यावश्यक पोटासियम पनि हुन्छ । मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छ । मेवाले शरिरको तौल घटाउन र मुटुको सुरक्षा पनि गर्छ । यसले  छालालाई ताजा र जवान देखाउछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियुले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाउछ । अनारमा धेरै प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । यसमा भिटामिन ए, सी इ लगायतका खनिज हुन्छ । यो एउटा स्वभाविक मोश्चराइजर हा । यसले  छालालाई सुख्खा हुनबाट बचाउँछ ।

 

Leave A Comment