पर्दामा कहिले नम्रता ?

आइतबार, ०३ मङि्सर २०७४, ०१ : ४८ शुक्रवार
पर्दामा कहिले नम्रता ?

‘पर्व’ फ्लप भएपछि नम्रताले दिनेश राउतलाई लिएर ‘टकिला सनराइज’ बनाउने चर्चा थियो । यसका लागि उनले बलिउडका आदित्य नारायण झासँग पनि कुरा पुर्याएकी थिइन् । तर, आदित्यले चासो दिएनन् । त्यसयता त्यो फिल्म सेलायो । त्यसपछि बीचमा दिनेश राउतले नै नम्रता र विपिन कार्कीलाई लिएर अर्को फिल्म बनाउने चर्चा थियो तर त्यो काम पनि अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको श्रोत बताउँछ । किनकि यो फिल्मको तयारी गर्नुको साटो दिनेशले ‘भैरवी’मा ज्यादा ध्यान दिएका छन् । यही बीचमा विपिनलाई ‘फनफनी’ टिमले १८ लाखमा साइन गरेको छ यो वापत् उनले एक वर्षका लागि अरु कसैको फिल्म गर्न नपाउने शर्त राखेको चर्चा छ । यस्तो हो भने नम्रता र विपिनको जोडी कम्तीमा एक वर्षका लागि पर सरेको छ । विभिन्न स्क्यान्डलका बावजुद नम्रता दर्शकले रुचाएकी अभिनेत्री हुन् । तर, पर्दामा देख्नै गाह्रो ।

Leave A Comment