नयाँ वर्षलाई नाचेर स्वागत

बिहिबार, ०६ जेठ २०७३, ०२ : ५२
नयाँ वर्षलाई नाचेर स्वागत

नयाँ वर्ष २०७३लाई धराने युवायुवतीले नाचेर स्वागत गरेका छन् ।


नयाँ वर्षको अवसरमा नेक्स्ट जेनेरेसनले धरानको ब्रिटिस सामुदायिक भवनमा डान्स पार्टीसँगै फेसन सो आयोजना ग¥यो भने बाँझगरा युथ क्लबले हुक्पा चोङ्बाङ रिसोर्टमा ¥याप गायक गिरिश, युनिक पोइट लगायतलाई निम्त्याएर धराने युवायुवतीलाई नचायो ।


धरानकै क्लब डोमले आयोजना गरेको ‘न्यु इयर नाइट माक्स पार्टी’ मा डिजे डबल बी, डिजे अनिल, डिजे मेश र डिजे एसजेले अंग्रेजी, हिन्दी र नेपाली गीतमा धराने पार्टी क्रेजीलाई नचाए । भने फ्युजन क्लबले आयोजना गरेको ‘२०७३ न्यु इयर इभ’मा डिजे ललितले नचाए । केही वर्षदेखि धरानमा डान्स पार्टी कम भएको बेला यसपालिको नयाँ वर्षमा जताततै आयोजना भएका डान्स पार्टीले युवायुवतीलाई भरपुर मनोरञ्जन दिए । धरानका चर्चित डिजे डबल बी भन्छन्, ‘यसपटकको नयाँ वर्षमा धरानमा पहिलाजस्तै धेरै तर व्यवस्थित पार्टी भए । यसले धरानको नाइट कल्चर विकासमा सहयोग पुग्छ ।’

Leave A Comment