हुन्डाई मेगा एक्सचेन्ज विक

शनिबार, ०२ मङि्सर २०७४, ०२ : ४५ शुक्रवार
हुन्डाई मेगा एक्सचेन्ज विक

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई मेगा एक्सचेन्ज विक’सुरु गरेको छ ।
कात्तिक २६ देखि मंसिर २ गतेसम्म हुन्डाई ब्रान्डका सबै मोडलमा लागू हुने गरी राष्ट्रब्यापी रुपमा कार्यक्रम आयोजना हुन लागेको कम्पनीले जनाएको छ । ग्राहकलाई गाडी साट्ने उत्कृष्ट अवसर दिन यस्तो योजना ल्याएको लक्ष्मीले जनाएको छ ।
एक्सचेन्जसँगै कम्पनीलेग्राहकसामु ६ लाख २० हजार रुपैयाँसम्मको लाभ लिन मिल्ने योजना ल्याएको छ । यस अन्तर्गत अविश्वसनीय मूल्यांकनसँगै उपहार, नगद छुट, स्पट फाइनान्स तथा बिमा, चार वर्ष फ्री सर्भिस, तीन वर्षको वारेन्टी सुविधा दिने जनाएको छ ।
यस्तै २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, हरेक गाडीको बिक्रीसँगै प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

 

Leave A Comment