अभागी प्रदीप

शनिबार, ०२ मङि्सर २०७४, ०१ : २९ शुक्रवार
अभागी प्रदीप

पहिलो फिल्म गुमनाम रहे पनि दोस्रो फिल्म ‘प्रेमगीत’ले प्रदिप खड्काले चिनाएन मात्रै रातारात स्टारको दौडमा पनि सामेल गरायो । तेस्रो फिल्म ‘प्रेमगीत २’ले राम्रै व्यापार गरे पछि प्रदिप स्टारको दौडमा छन् । तर, यति हुँदाहुँदै पनि प्रदिपको दुर्भाग्य, सधैं आफूभन्दा जेठी  अभिनेत्रीसँग मात्र रोमान्स गदै आएका छन् ।
प्रदिपको दोस्रो फिल्म ‘प्रेमगीत’ मा पूजा शर्मा उनको अपोजिटमा थिइन् । फिल्म हिट भए पनि प्रदिप र पूजाको जोडी नसुहाएको मान्नेको जमात ठूलो थियो । यो कमेन्टबाट प्रदिपले शिक्षा लिए होलान् भन्ने थियो तर ‘प्रेमगीत २’मा यस्तै अवस्था दोहोरियो ।
प्रदिप र अश्लेषा ठकुरीको रोमान्स धेरैलाई चामलमा ढुंगाझैं बिझायो । यसपछिका फिल्ममा त प्रदिपलाई आफू सुहाउँदी अभिनेत्रीसँग रोमान्स गर्दै गरेको देखिएला भन्ने ठूलो रहर थियो तर प्रदिपले सुटिङ गर्न लागेको फिल्म ‘लिली बिली’मा मा यस्तै नियति दोहोरियो । ‘लिली बिली’को घोषणाताका जसिता गुरुङ र रेबिका गुरुङ बडिगार्डसहित कार्यक्रममा आएका थिए । दुवैका बीचमा रहेका प्रदिप खुबै सुहाएका थिए तर रेबिका गुरुङको लन्डनको भिसा नै लागेन । रेबिकाको ठाउँमा टिमले प्रियंकालाई प्रदिपको अपोजिटमा फाइनल ग¥यो । अब फिल्ममा प्रदिपले प्रियंका कार्कीसँग रोमान्स गर्नेछन् । प्रदिपको अभाग नै मान्न पर्छ, सधैं आफूभन्दा जेठी हिरोइनसँग रोमान्स गर्न पर्ने ।
 

Leave A Comment