सिजी फुड्सद्वारा छात्रवृत्ति प्रदान

बिहिबार, ३० कार्तिक २०७४, ०१ : १९ शुक्रवार
सिजी फुड्सद्वारा छात्रवृत्ति प्रदान

सिजीफुड्सले आफ्ना कारखानामा कार्यरत स्थायी कर्मचारीका छोराछोरीमध्येबाट उत्कृष्ट ११ जनालाई ज्ञान उदय वाइवाइ छात्रवृत्ति वितरण गरेको छ । ललितपुर, भैंसेपाटीस्थित कारखाना रहेको कम्पनीले सो क्षेत्रको वडा १८ र २५ मा बसोबास गरेका मध्येबाट २०७३ को ५ कक्षामा उत्कृष्ट पाँचजना र एसइईमा उत्कृष्ट चारजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
स्थायी कर्मचारीको छोराछोरीमध्येबाट पाँच र एसइईमा उत्कृष्ट एक–एकजनालाई छात्रवृत्ति प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा छ । गतवर्षसम्म १० जनालाई दिइँदै आएकोछात्रवृत्ति यसवर्षदेखि दलितविद्यार्थीमध्येबाट एकजनालाई थपगरिएको छ । छात्रवृत्ति छनोट समितिका संयोजक केबी तुलाधरले शिक्षाको महत्व तथा यसमा प्रोत्साहनको आवाश्यकताबारे प्रकाश पारेका थिए ।

 

Leave A Comment