ओलम्पियामा अभया

बिहिबार, ३० कार्तिक २०७४, १२ : ५२ शुक्रवार
ओलम्पियामा अभया

अमेरिकाका सात सहरमा कन्सर्ट गरेर केही समयअघि मात्र नेपाल फर्किएको रकपप ब्यान्ड ‘अभया एन्ड द स्टिम इन्जन्स’ले राजधानीको ओलम्पिया वल्र्ड स्कुलमा सांगीतिक प्रस्तुति दिएको छ । अभया एन्ड द स्टिम इन्जन्स स्कुलको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘ओलम्पिया फेट (मेला)’ मा विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिकालाई सांगीतिक माहोलमा झुमायो ।
‘नारीको सम्मान’ नारासहित गरिएको कार्यक्रममा ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, ‘यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरिएको थियो । मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपू ल्हामु खत्रीले गरेकी थिइन् ।
मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुदलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि गरिएको थियो । मेलामा विभिन्न स्वादका परिकार पनि राखिएका थिए । कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो ।

Leave A Comment