‘कान्छी’सँग अनुको लफडा

सोमबार, २७ कार्तिक २०७४, १२ : १९ शुक्रवार
‘कान्छी’सँग अनुको लफडा

माखाको जस्तो चित्त छ, अनु शाहको । सानो सानो कुरामा पनि रिसाउँछिन् । यही कारणले गर्दा शाहको सुटिङ सक्दासम्म निर्माता निर्देशक र कोस्टारसँग पानी बाराबार भइसकेको हुन्छ । भर्खरै गीत रिलिज भएको फिल्म ‘कान्छी’ युनिटसँग पनि अनुको यही समस्या दोहोरिएको चर्चा छ । किनकि फिल्मको गीत रिलिज गर्ने कार्यक्रममा फिल्मसँग असम्बन्धित थुप्रै मानिसको उपस्थिति थियो तर त्यो भीडमा अनु भने थिइनन् । स्रोतका अनुसार फिल्म युनिटसँग ठाकठुक परेपछि अनुले फिल्मको कार्यक्रम बहिस्कार गरेकी हुन् ।
त्यसो त अनुले पहिलो पल्ट यस्तो गरेकी होइनन्, पहिलाका फिल्ममा पनि अनु घोषणा कार्यक्रममा त हुन्थिन् तर प्रमोसनका कार्यक्रममा हुन्नथिन् । कहिले के बहानामा त कहिले के बहानामा प्रमोसनका कार्यक्रम बाइकट गर्थिन् । एउटा दुईटासम्ममा यस्तो हुँदा अरुको गल्ती छ कि भन्ने मान्न सकिन्थ्यो तर हरेक फिल्ममा लफडा पर्ने भएपछि आजभोलि शंकाको सुई अनुतिरै सोझिने गरेको छ । एक त ब्यानरका गतिला फिल्म छैनन्, अझ त्यसमाथि सधैं मेकरसँग लफडा, यसरी कसरी अनुको करिअर माथि जाला ?

 

Leave A Comment