जेनिफरलाई एलर्जी

बिहिबार, ३० असार २०७३, ११ : ४४ शुक्रवार , Kathmandu
जेनिफरलाई एलर्जी

अमेरिकी गायिका जेनिफर लोपेजलाई समाचारसँग एलर्जी छ । उनी समाचार सुनेर देशविदेशको हालखबर जान्न फिटिक्कै रुचि राख्दिनन् । भन्छिन्, ‘न्युज हेर्नु मलाई वाहियात लाग्छ । टीभीमा समाचार हेरेर समय खेर फाल्नुभन्दा रोमान्टिक कमेडी हेर्नु मलाई कैयौँ गुणा राम्रो लाग्छ ।’
कमेडी फिल्मप्रतिको आफ्नो अतिशय रुचि र समाचारप्रतिको वितृष्णालाई लिएर साथीसँगीले आफूलाई जिस्क्याउने गरेको समेत उनले बताइन् । ‘तर, यसखालका खिसीटिउरी र ठट्टालाई मैले पचाइसकेँ । रोमान्टिक कमेडी भनेपछि म हुरुक्कै हुन्छु, समाचार फिटिक्कै रुचाउँदिनँ,’ उनले भनिन् ।

 

Leave A Comment