हिलारीको घरमा चोरी

आइतबार, २६ कार्तिक २०७४, १२ : ५३ शुक्रवार
हिलारीको घरमा चोरी

अभिनेत्री हिलारी डफको घरमा चोर पसेपछि हंगामा मच्चिएको छ । परिवारसहित क्यानडामा छुट्टि मनाउन गएको समयमा उनको घरमा चोरी भएको हो । खबरहरुका अनुसार बिभर्ली हिल्सस्थित उनको घरमा रहेका सैयौं हजार डलरका गरगहना चोरी भएका हुन् । ‘घरमा चोरी भएपछि सबैजना हतोत्साहित भएका छौं तर पनि आफ्नो परिवार, स्टाफहरु र पाल्तु जनावरहरु सुरक्षित हुँदा हिलारी केही राहत पाएका छौँ,’ हिलारीका एक प्रतिनिधिले मिडियालाई बताएका छन् । केही समयअघि बमसेल मोडेल किम कार्दिसन बिदा मनाउन अन्यत्र गएको समयमा उनको घरमा समेत चोरी भएको थियो ।

Leave A Comment