थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा

आइतबार, २६ कार्तिक २०७४, १२ : ४४ शुक्रवार
थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा

अचेल प्रायः सबैले थे्रडिङ गर्ने गर्छन् । थे्रडिङ आइब्रो र आँखाको चारैतिर गरिने सौन्दर्य विधि हो । बिहे, पाटी, उत्सव लगायतमा महिलाहरु थ्रेडिङ गर्ने गर्छन् । थे्रडिङ भनेको आँखा वरिपरिको रौँ निकाल्ने विधि हो । यसले अनुहारलाई सफा देखाउँछ । थे्रडिङ गर्दा ध्यान दिनुपर्ने कुराहरुमा :
–    थे्रडिङ गर्दा बलियो धागो प्रयोग गर्नुपर्छ ।
–    थे्रडिङ गर्दा सबैभन्दा पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ । त्यसपछि मात्रै थे्रडिङ गर्नुपर्छ ।
–    थ्रेडिङ गरेपछि एन्टिसेप्टिक लोसन तथा क्रिम लगाउनु पर्छ ।  
–    थ्रेडिङ गर्नु पहिले अनुहारलाई सफा पानीले सफा गर्नुपर्छ ।
–    थे्रडिङ गरेपछि गुलाब जलले अनुहार सफा गर्नुपर्छ ।
–    थे्रडिङ गर्ने बित्तिकै अनुहारमा केमिकल भएको ब्युटी प्रोडक्टको प्रयोग गर्नु हुँदैन ।
–    थ्रेडिङ गरेपछि अनुहारमा मोस्चराइजर लगाएको राम्रो हुन्छ ।

 

Leave A Comment