हानाले आत्महत्या गरिन्

आइतबार, २६ कार्तिक २०७४, १२ : ३४ शुक्रवार
हानाले आत्महत्या गरिन्

युवापुस्तमाझ निकै चर्चित हुँदै गएकी उदीयमान गायिका एवं भिडियो ब्लगर हाना स्टोनले आफ्नो जन्मदिनको एकहप्ता अघि आत्महत्या गरेकी छन् । सामाजिक सञ्जालमा निकै रुचाइएकी १६ वर्षे हानाले गत बुधबार आत्महत्या गरेकी हुन् । ‘युनाउ’ नामको लाइभ स्ट्रिमिङबाट आफ्नो सांगीतिक कला प्रस्तुत गर्दै आइरहेकी उनी एक महिनादेखि सामाजिक सञ्जालमा गुपचुप थिइन् । उनका केही पहिलेका पोस्टहरु हेर्ने हो भने पनि उनी निराश हुँदै गइरहेको थाहा पाउन सकिन्छ । ‘युनाउ’मा ३,७५,००० फ्यान भएकी उनको इन्स्टाग्राममा ६४,००० फलोअर्स थिए । उनको आत्महत्याका कारण सामाजिक सञ्जालहरुमा रमाउने हलिउडका धेरै युवाहरुले दुःख मनाउ गर्दै समवेदना प्रकट गरेका छन् ।

Leave A Comment