कट्रिना–सलमानको चक्कर

शनिबार, २५ कार्तिक २०७४, ०२ : २६ शुक्रवार
कट्रिना–सलमानको चक्कर

कट्रिना कैफलाई बलिउडमा ल्याउने सलमान खान हुन् भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । उनीहरु लामो समय प्रेममा थिए पनि । पछि रणवीर कपुरको प्रेममा परेपछि सलमान र कट्रिनाको सम्बन्धमा टकराव आयो । तर फिल्म ‘जग्गा जासूस’को सुटिङताकै रणवीर–कट्रिनाको सम्बन्ध विच्छेदको खबर आयो । पछि उनीहरुले आधिकारिक रुपमै आफूहरु अलग भएको बताए । उनीहरुको सम्बन्धमा दालमे काला हुने अरु कोही नभएर सलमान भएको बलिउड पण्डितहरु बताउँछन् । कट्रिनालाई अलग गराएका सलमान आफ्नी प्रेमिका हुँदाहुँदै कट्रिनासँग खुलेआम प्रेमालाप गर्दै आएको बताइन्छ । आगामी फिल्म ‘टाइगर जिन्दा है’ को प्रचारमा हिँडिरहेका उनीहरु सदैव साथ रहँदै आइरहेका छन् । मिडियासामू पनि आफूहरु पुरानै जोडीझैं निकै टाँस्सिएर तस्बिरहरु खिचाउँदै आइरहेका छन् । उनीहरुको यो प्रेम फिल्म प्रचार गर्ने अस्त्र हो वा साँच्चिकैको हो, त्यो त समयले नै बताउला । कि कसो ?

Leave A Comment