‘ह्याप्पी डेज’ माघ १२ गते

शनिबार, २५ कार्तिक २०७४, १२ : १२ शुक्रवार
‘ह्याप्पी डेज’ माघ १२ गते

माघ १२ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘ह्याप्पी डेज’को दुई गीत सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्ताले फिचरिङ ‘खाली खाली’ र नायक दयाहाङ राई र प्रियंकाले फिचरिङ गीत सार्वजनिक गरिएको हो ।
‘खाली खाली’ मा ताराप्रकाश लिम्बू र दीपा लामाको स्वर छ । ताराको संगीत र दिनेश राउत रचित गीतमा फिल्मका निर्देशक मिलन चाम्सको कोरियोग्राफी छ ।
लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ, प्रियंका, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रूपा पुन, रिकेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
पैसा कमाउन बेलायत पुगेको एक युवाले वैधानिक बसोबासका लागि गरेको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । विपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको फिल्म यम थापाले लेखेका हुन् । ताराप्रकाश लिम्बू र राजनराज शिवाकोटीको संगीत र रामकुमार केसीको छायांकन रहेको फिल्म बेलायत, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशमा छायांकन गरिएको छ ।

 

Leave A Comment