दिलजितसँग कृतिको रोमान्स

बिहिबार, २३ कार्तिक २०७४, ०१ : ०४ शुक्रवार
दिलजितसँग कृतिको रोमान्स

पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय बलिउड अभिनेत्री कृति सानन पञ्जाबी गायक एवं दिलजित दोसाँझसँग रोमान्स गर्ने भएकी छन् । केही पहिले दिनेश भिजनको ‘राब्ता’मा देखिएकी उनी निर्देशक दिनेशकै नयाँ कमेडी फिल्ममा दिलजितसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । गायकको परिचय बनाएका दिलजित २०१६ मा अभिषेक चौबेको ड्रग ड्रामा ‘उड्दा पञ्जाब’ बाट बलिउड डेब्यु गरेका थिए । ‘अर्जुन पटियाला’ नामको उक्त कमेडी फिल्ममा कृति युवा पत्रकारका रुपमा प्रस्तुत हुने छिन् भने दिलजित शहरको युवाका रुपमा छाउनेछन् । पञ्जाबका विभिन्न भूभागमा खिचिने फिल्म २०१८ को फेब्रुअरीमा प्रदर्शनमा आउनेछ ।

Leave A Comment