सृष्टिको बलिउड डेब्यु !

बिहिबार, २३ कार्तिक २०७४, ०१ : ०१ शुक्रवार
सृष्टिको बलिउड डेब्यु !

नेपालमा ‘गाजलु’मार्फत् डेब्यु गर्नुअघि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले बलिउड फिल्ममा समावेश एउटा गीतबाट अभिनय थालेकी थिइन् । त्यसैले सृष्टिको बलिउड कनेक्सनमा कसैलाई पनि शंका थिएन । यही शंकाको बलमा यो साता सृष्टिले यशराज फिल्मस्ले बनाउन लागेको ‘संदीप और पिंकी फरार’मा अभिनय गर्न लागेको समाचार अनलाइनमा भाइरल भयो । सृष्टिले ढिला गरि समाचारमा सत्यता नभएको बताइन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पत्रकारको काम सुसूचित गर्ने रहेको र गलत सूचनाले नकारात्मक असर गर्ने भन्दै पत्रकारलाई सही सूचना दिन पनि नसिहत दिएकी थिइन् ।
उनले समाचारमा प्रतिक्रिया दिँदै आफूले कहिलै बलिउड फिल्मका लागि प्रयास नै नगरेको पनि बताएकी थिइन् । पत्रकारलाई गलत सूचना दिन हुन्न भन्ने सृष्टिले आफैंले भने झुटो बोलेको देखिएको छ । स्रोतका अनुसार सृष्टिले फिल्मका लागि अडिसन दिएको तर पास नभएपछि आफूले प्रयास नै नगरेको बताएकी हुन् । किनकि सृष्टि ‘लाउरे’को सुटिङ लगत्तै प्रेमी सौगातलाई समेत साथै लिएर मुम्बई हान्निएकी थिइन् ।
यता सृष्टिको समाचार आइरहँदा प्रियंका कार्कीले अडिसनकै लागि आफू मुम्बई गएको बताएकी थिइन् । सृष्टि अडिसनमा पास नभएपछि सोही भूमिकाका  लागि प्रियंका मुम्बई गएको हुन सक्ने धेरैको अड्कल छ । अरुलाई सत्यहरिशचन्द्र बन्न सल्लाह दिने सृष्टिले आफू चैं बन्न नपर्ने ?

Leave A Comment