फर्सीलाई विश्वयुद्धको बम ठानेपछि

बिहिबार, २३ कार्तिक २०७४, १२ : ३४ शुक्रवार
फर्सीलाई विश्वयुद्धको बम ठानेपछि

जमर्नीका एक मानिसले आफ्नो घरको बगैंचामा दोस्रो विश्वयुद्धको बम भेटिएपछि आत्तिदै प्रहरीलाई खबर गरे । विश्वयुद्धको बम नै भनेपछि अफिसरहरु हतार हतार ती मानिसको बगैंचामा पुग्दा लाम्चो फर्सीको गट्टा भेट्न पुगे । ८१ वर्षे एक वृद्धले एकाबिहानै सनसनीपूर्ण खबर पाएको प्रहरी निराश हुन पुग्यो । यो घटना भने जर्मनको दक्षिणपश्चिम सहर काल्सरुहीस्थित ब्रेट्टनको हो । प्रहरीले गत शुक्रबार एक विज्ञप्ति नै निकालेर ‘दोस्रो विश्वयुद्धको बम भनिएको वस्तु १६ इन्च लामो फर्सीको गट्टा भएको’ बताएको छ । बम ठानिएको गट्टा गाढा अँध्यारो र ११ पाउन्ड तौलको थियो । प्रहरीका अनुसार उक्त गट्टा पर्खाल बाहिरबाट कसैले फ्याँकेको आशंका छ । विश्वयुद्धताका विस्फोट नभएका कतिपय बम हिजोआज नयाँ भवन निर्माण गर्दा जर्मनीमा भेटिरहने हुँदा वृद्धलाई भ्रम परेको समाचारहरुमा उल्लेख छ ।

 

Leave A Comment