जस्टिनसँगै सेलेना

मङ्गलबार, २१ कार्तिक २०७४, ०१ : २४ शुक्रवार
जस्टिनसँगै सेलेना

कुनैबेलाका सफल प्रेमिल जोडी थिए, गायिका सेलेना गोमेज र जस्टिन बिबर । युवापुस्तामाझ ट्रेन्ड सेटर जोडीको ब्रेकअपले धेरैलाई निराश समेत बनाएको थियो । विच्छेदको लामो समयपछि फेरि एकपटक २५ वर्षे सेलेना र २३ वर्षे जस्टिन पुनः एकसाथ फेला पारिएको छ । गत अक्टुबर २९ मा उनीहरुलाई वेस्टलेक गाउँमा सँगै खाजा खाँदै गरेको अवस्थामा पापाराजीहरुले क्यामेरामा कैद गरेका छन् । उनीहरु क्याफेमा सहज रुपमा साथीहरुसँगै भोजन गरेको समाचारहरुमा उल्लेख छ । यो सँगै उनीहरुको पुनर्मिलन हुनसक्ला र ? भन्दै प्रशंसकहरु माझ प्रश्न खडा भएको छ । तर पछिल्लो समयमा आएका समाचारमा सेलेनाको परिवारलाई उद्धृत गर्दै परिवारले जस्टिनलाई स्वीकार नगर्ने लेखेको छ । हेरौँ भविष्यले लेखेको के छ, त्यो समय आएपछि नै थाहा होला ।

 

Leave A Comment