पुरुषको अनुहार ख्याल राखौँ

मङ्गलबार, २१ कार्तिक २०७४, ०१ : ०६ शुक्रवार
पुरुषको अनुहार ख्याल राखौँ

सौन्दर्य निखार्ने मामिलामा अहिले पुरुष पनि महिलाभन्दा कम छैनन् । आफ्नो अनुहारको सुन्दरताका लागि १/२ घण्टा खर्च गर्ने गर्छन् । महिलाको छाला नरम हुन्छ भने पुरुषको छाला अलि कडा हुन्छ । त्यसैले पुरुषले प्रयोग गर्ने क्रिम महिलाले प्रयोग गर्ने क्रिमभन्दा अलि कडा हुन्छ । पुरुषको अनुहार गोरो बनाउनका लागि :
–    स्क्रबको प्रयोग
स्क्रब प्रयोग गर्दा अनुहारको डेड स्किन तथा काला धब्बा (ब्लेक हेडहरु) हट्छ । अनुहारलाई सफा गर्न हप्तामा दुई पटक स्क्रब गर्न सकिन्छ । पुरुष अनुहारका लागि चामलले नेको स्क्रब गर्नु राम्रो हुन्छ । चामलमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । एन्टी अक्सिडेन्ट हाम्रो स्वास्थ्य तथा सौन्दर्यका लागि अति आवश्यक तŒव हो । यसले अनुहारलाई निखार्ने कामसमेत गर्छ । यो स्क्रब बनाउन आधा कप दहीमा दुई ठूलो चम्चा चामलको पिठोको मिश्रण बनाउनु पर्छ । यस मिश्रणलाई नुहाउनुअघि पूरै शरीरमा लगाउनु पर्छ । यसलाई १० मिनेटपछि शरीरलाई सफा गर्नुपर्छ । यसले पुरुषहरुको छालालाई गोरो बनाउने गर्छ ।
–    मोस्चराइजरको प्रयोग
अनुहारको सुरक्षाको लागि मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । पुरुषहरुले घरबाट बाहिर जानुअघि सधैँ अनुहारमा लोसन वा क्रिम लगाउनु पर्छ । मोस्चराइजरले अनुहारलाई नरम बनाउने गर्छ । विशेष गरेर चिसो महिनामा मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
–    सुन्तला र मुल्तानी माटोको प्रयोग
सुन्तलाको बोक्रा फेस प्याकले पुरुषको अनुहारमा आउने पिम्पल र दागलाई हटाउन मद्दत गर्छ । यसको प्याक बनाउन सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पेस्ट बनाएर त्यसमा मुल्तानी माटोलाई मिसाएर पेस्ट बनाई अनुहारमा लगाउनु पर्छ । यसलाई १० मिनेटसम्म सुख्न दिएर अनुहारलाई सफा गर्नुपर्छ । यसले अनुहारको दागलाई कम गरेर अनुहारलाई सफा र चम्किलो बनाइदिन्छ ।

 

Leave A Comment