फिल्म बनाउँदै ‘गोरखा पल्टन’की हिरोइन

मङ्गलबार, २१ कार्तिक २०७४, १२ : ४६ शुक्रवार
फिल्म बनाउँदै ‘गोरखा पल्टन’की हिरोइन

एक हजार भन्दा बढी लोकगीतमा अभिनय गरेकी अभिनेत्री रञ्जिता गुरुङ अब चलचित्र निर्माणमा लाग्ने भएकी छन् । लोकगीतको भिडियोमा मोडलिङ गरिसकेकी रञ्जिता नेपाली चलचित्र ‘गोरखा पल्टन’मार्फत अभिनेत्रीका रुपमा रजतपटमा आएकी थिइन् । ‘गोरखा पल्टन’ व्यावसायिक रुपमा सफल चलचित्र थियो । म्युजिक भिडियोमा अभिनय गर्दै चलचित्रमा अभिनय थालेकी रञ्जिताले अनाम चलचित्र निर्माण गर्ने घोषणा गरेकी हुन् ।

गुरुङ कला र संस्कृति जर्गेना तथा प्रवद्र्धनका लागि फिल्म बनाउन लागेको रञ्जिताले बताएकी छन् । उनले चलचित्रको नाम भने खुलाएकी छैनन् । केही दिनभित्रै चलचित्रको नाम सार्वजनिक गर्ने उनले बताएकी छन् । विशेषगरी लोकगीतमा मोडलिङ गर्दै आएकी रञ्जिता ‘गोरखा पल्टन’का अलावा ‘दशगजा’, ‘छ एकान छ’ जस्ता चलचित्रमा पनि अभिनय गरेकी छन् ।
गुरुङ भाषाको फिल्म ‘सैर बैं ताँ’ (मनको कुरा) की समेत नायिका रहेकी रञ्जिताले भनिन्, ‘आगामी दिनमा अभिनयसँगै निर्माणलाई पनि अघि बढाउने उद्देश्य छ ।’

Leave A Comment