साउदी अरेबिया काममा जानेलाई सल्लाह

मङ्गलबार, २१ कार्तिक २०७४, १२ : ४२ शुक्रवार
साउदी अरेबिया काममा जानेलाई सल्लाह

कामका लागि साउदी अरेबिया जान खोज्नेलाई निम्न टिप्स उपयोगी हुन सक्छ ।

–साउदी अरेबिया गर्मी हुने देश हो ।
–साउदीको न्यूनतम तापक्रम १५ र अधिकतम तापक्रम ५० डिग्रीसम्म हुन्छ ।
–ठूलो संख्याका नेपाली कामदारले घरबाहिर काम गर्नुपर्ने हुँदा गर्मीको अत्यधिक महसुस हुन्छ । रातिमा कोठामा एसी लगाउने र दिनमा अत्यधिक गर्मीमा काम गर्नुपर्दा स्वास्थ्यमा खराबी आउने गर्छ । त्यसैले कामदारले रातिमा एसी चलाउँदा बाहिरको तापक्रम अनुसार मिलाउन सक्नु आवश्यक हुन्छ ।
–साउदीको मुख्य आम्दानी कच्चा तेल उत्पादन र पेट्रोलियम पदार्थको बिक्री हो ।
–साउदीको मुख्य भाषा अरबी, उर्दु, अंग्रेजी र हिन्दी हुन् ।
–साउदीमा गहुँ, जौ, गोलभेँडा, कागती, खर्बुजा उत्पादन हुन्छ भने भेडाब्राखा र कुखुरा पनि पालन गरिन्छ ।
–त्यहाँ शुक्रबार सार्वजनिक दिने चलन छ । कम्पनीहरूमा काम गर्ने कामदारको हकमा भने कम्पनीको नियम अनुसार आलोपालो गरी बिदा मिल्ने गर्छ । आफ्नो कामको समय मिलाउन नसकेमा कम्पनीको नियम अनुसार तलब काट्नेदेखि लिएर अन्य कारबाही पनि गर्न सक्छ । साताको ४८ घण्टा काम गर्ने समय हुन्छ भने ओभरटाइम कम्पनीको नियमानुसार हुन्छ ।
–सडकमा गाडीको गति अत्यधिक हुने हुनाले सडक पार गर्दा ट्राफिक बत्तीको छेउमा रहेको जेब्रा क्रसिङ तथा आकाशे पुलबाट मात्र बाटो काट्नु पर्छ । नेपालका गाडीको स्टेरिङ दायाँतर्फ हुन्छ भने साउदीमा बायाँतर्फ हुन्छ ।
–साउदी इस्लामिक राष्ट्र हो । रमजानको समयमा सार्वजनिक स्थानमा पानीसमेत सेवन गर्न मनाही हुन्छ । नेपालमा वर्षमा ३६५ दिन हुन्छ भने साउदीमा ३५४ दिन ।

Leave A Comment