चुम्बनले हंगामा

मङ्गलबार, २१ कार्तिक २०७४, १२ : ३९ शुक्रवार
चुम्बनले हंगामा

बलिउडकी पुरानी एवं सुन्दर अभिनेत्री श्रीदेवी र पति बोनी कपुर आफ्नो प्रेमलाई लिएर निकै गम्भीर छन् । तडकभडक नगर्ने सिरियस जोडीका रुपमा परिचित यो जोडी १९९६ मा विवाह बन्धनमा बाँधिएको थियो । अहिले उनीहरुका छोरी जान्भी र खुसीसमेत निकै जवान भइसके । यति हुँदाहुँदै पनि उनीहरुको प्रेम निकै सुमधुर रहेको छ । तर यही जोडीले एक समारोहमा चुम्बन गरेको तस्बिर यतिबेला भाइरल जस्तै भएको छ । श्रीदेवीले इन्स्टाग्राममा राखेको तस्बिरमा बोनीले श्रीदेवीलाई गालामा चुम्बन गरेको देख्न सकिन्छ । तस्बिरमा दुवैजना निकै हँसमुख र खुसी देखिन्छन् ।

Leave A Comment