दीपिकालाई साम्राज्ञीको वेलकम

सोमबार, २० कार्तिक २०७४, ०१ : ०८ शुक्रवार , Kathmandu
दीपिकालाई साम्राज्ञीको वेलकम

साम्राज्ञीराज्य लक्ष्मी शाह अहिलेको पुस्ताकी ढुकढुकी हुन् । खेलेका दुवै फिल्म हिट भएपछि साम्राज्ञीको पारिश्रमिक मात्र बढेको छैन, नेपालमा पहिलोपल्ट हिरोइन पनि सुपरस्टार भएको चर्चा चल्ने गरेको छ । यस्तोमा हिरोइन हिरोइनबीच प्रतिस्पर्धा हुनु र ईष्र्या हुनु सामान्य कुरा हो । तर, साम्राज्ञीले मंगलबार उद्योगमा आउँदै गरेकी दीपिका प्रसाईँको तारिफ गरेर ‘स्पोर्टस्म्यानसिप’ प्रदर्शन गरेकी छन् ।
मंगलबार साम्राज्ञी दीपिकाको डेब्यु फिल्म ‘ऐश्वर्य’ हेर्न सुन्धारास्थित सिने दि सेफ पुगेकी थिइन् । उनले फिल्म हेरिसकेपछि फिल्मको मात्र हैन दीपिकाको पनि खुलेर तारिफ गरेको देखियो । उनले दीपिकाले फिल्ममा परिपक्व काम गरेको र अभिनेत्रीको रुपमा धेरै सम्भावना भएको भन्दै दीपिकालाई उद्योगमा वेलकम गरेकी थिइन् ।
‘ऐश्वर्य’ मा दीपिकाले सुपर मोडलको रुपमा अभिनेता रमेश उप्रेती र प्रशान्त ताम्राकारको अपोजिटमा अभिनय गरेकी छन् । फिल्म हेर्ने दर्शकले केकी अधिकारीसँगै दीपिकाको पनि अभिनय रुचाएका छन् ।

Leave A Comment