टाटा टियागोको बिक्री बढ्यो

सोमबार, २० कार्तिक २०७४, १२ : ५९ शुक्रवार
टाटा टियागोको बिक्री बढ्यो

टाटाका गाडीको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले कम मूल्य, आकर्षक डिजाइन र इन्धन खपत कम गर्ने विशेषताका कारण टियागोको बिक्री बढेको बताएको छ । सिप्रदीका अनुसार एक वर्षमा आठ सयभन्दा बढी गाडी बिक्री भएको छ ।
सिप्रदीका अनुसार टाटा टियागोको पेट्रोल भर्सनको मूल्य २२ लाख ५५ हजारबाट सुरु हुन्छ । टियागोमा दुई सय ४० लिटरको सबैभन्दा बढी क्षमता भएको बुट स्पेस पनि छ ।
टियागो स्वरुप निकै आकर्षक रहेको र यसले ग्राहकको मन जितेको कम्पनीको भनाइ छ । ‘यस गाडीको रियर स्पोइलर, ठूलो हेडल्याम्प एवं पछाडिको ल्याम्पमा ब्ल्याक एसेन्टको अतुलनीय विशेषता छ,’ सिप्रदीको विज्ञप्तिमा छ ।  
यस्तै स्पोर्टी एवं क्लासिक पनि देखिने टियागोको लक्षित ग्राहक युवा हुन् । नेपाली बजारमा ग्राहकले नयाँ चारपांग्रे खरिद गर्दा कम इन्धन खपत गर्ने खालका गाडीलाई बढी प्राथमिकता दिन्छन् । टियागो सबैभन्दा कम इन्धन खपत गर्ने गाडी हो । ८४ बिएचपी ११४ एनएम शक्ति प्रदान गर्ने १२ लिटर पेट्रोल इन्जिन भएको टियागोले प्रतिलिटर २३.८४ किलोमिटर दिने कम्पनीले जानकारी दिएको छ ।

Leave A Comment