भान्छे इलियाना

सोमबार, २० कार्तिक २०७४, १२ : ३६ शुक्रवार
भान्छे इलियाना

अभिनेत्री इलियाना डिक्रुज आफ्ना प्रेमीको मन कसरी जित्दै आइरहेकी छन् भन्ने कुराको रहस्य बाहिर आएको छ । इलियानाले आफ्ना प्रेमीलाई खुसी राख्न प्रेमी एन्ड्रियु निबोनलाई पेटभरी खाना दिने र उनको जिब्रोलाई मिठ्याउँदै आएको बताएकी छन् । त्यो पनि आफैँ खाना बनाएर । खानाकी सौखिन इलियानाले पछिल्लो समय मेलबर्नमा रहँदा टेडी कुकीजव बनाएर खुवाएकी थिइन् । ‘एन्ड्रियुलाई मनपर्ने चाहिँ के हो त ?’ भनेर पत्रकारले प्रश्न गर्दा इलियानाले ‘एन्ड्रियुलाई मैले बनाएको पिज्जा मनपर्छ । क्रिम ब्रुली पनि उनको मनपर्ने परिकार हो । र, यी खानेकुरा क्रिसमस ट्रिटका लागि अति उत्तम परिकारसमेत हुन् ।’ पछिल्लो समय ‘बादशाहो’मा देखिएकी इलियाना अस्ट्रेलियन फोटोग्राफर एन्ड्रियुसँग लिभिङ टुगेदरमा रहँदै आइरहेकी छन् ।

Leave A Comment