जाडोमा दुईपांग्रे

आइतबार, १९ कार्तिक २०७४, १२ : ४४ शुक्रवार
जाडोमा दुईपांग्रे

क्रमशः जाडो बढ्दो क्रममा छ । यस्तोमा दुईपांग्रे अर्थात बाइक र स्कुटी चलाउनु चुनौतीपूर्ण नै हुन्छ । चालकहरुले चिसो याममा आफ्नो गतिमा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा तीव्र गति लिनु र सवारी लेन बेवास्ता गर्नु ठूलै जोखिम निम्त्याउनु पनि हुन्छ । सवारी नियमको पालना गर्दै सुरक्षित पहिरन प्रयोग गरेर गरी मोटरसाइकल चलाउनु पर्छ ।
–मोटरसाइकल वा स्कुटी चलाउँदा चिसो हावा, धुलो, सूर्यका विकिरण लगायतबाट आँखालाई बचाउन चस्मा प्रयोग गर्नुपर्छ । आकर्षक चस्माले मानिसको व्यक्तित्वलाई बढाउने काम गर्छ । त्यसैले, समय र आफूलाई सुट गर्न चस्मा प्रयोग गर्नुपर्छ । बजारमा विभिन्न ब्रान्डका चस्मा पाइन्छन् ।
–मोटरसाइकल वा स्कुटर चलाउने समय शरीरलाई सन्तुलनमा राख्नु पर्छ । यसका लागि मौसम अनुसारको लुगा लगाउनु पर्छ । चिसो मौसममा ज्याकेट, विन्डसिटर, मास्क, चेस्टगार्ड लगायतका लुगा प्रयोग गर्न सकिन्छ ।  
–हेल्मेटले मोटरसाइकल वा स्कुटर चालकलाई सुरक्षा दिन्छ । चिसो मौसममा मोटरसाइकल र स्कुटरमा यात्रा गर्दा  फुल हेल्मेट प्रयोग गर्नुपर्छ । बजारमा विभिन्न किसिमका हेल्मेटहरु पाइन्छन्, जसको प्रयोग गर्न सकिन्छ ।
–जाडो मौसममा स्यान्डल लगाएर बाइक वा स्कुटर चलाउनु हुँदैन । जुत्ताले खुट्टाको सुरक्षा गर्नुको साथसाथै  मानिसको व्यक्तित्व बढाउने काम गर्छ । मोटरसाइकल वा स्कुटर चलाउनका लागि स्पोर्ट सुज वा बाइकिङ बुट प्रयोग गर्न सकिन्छ ।
– जाडो मौसममा मोटरसाइकल वा स्कुटर चलाउँदाखेरी हातमा चिसो भएर मोटरसाइकल र स्कुटर चलाउन गाह्रो हुन्छ । यस्तो बेला हावा नछिर्ने पन्जाको प्रयोग गर्नुपर्छ । यसले चिसोबाट हातको सुरक्षा गर्ने गर्छ । बजारमा लेदर, फ्याब्रिक लगायतका पन्जाहरु पाइन्छ, जसको प्रयोग गर्न सकिन्छ ।

Leave A Comment