आलियाकी गुरु कट्रिना

आइतबार, १९ कार्तिक २०७४, १२ : ३८ शुक्रवार
आलियाकी गुरु कट्रिना

फिटनेसको मामलामा बलिउड बाला कट्रिना कैफलाई उछिन्ने कोही छैन भन्दा पनि हुन्छ । उनै कट्रिना आफ्ना सहकर्मीहरुलाई समेत फिट हुन बारम्बार अह्राइरहन्छिन् । हिजोआज भने कट्रिना पछिल्लो समयकी प्रभावशाली अभिनेत्री आलिया भट्टलाई जिमखानामा कडाभन्दा कडा मिहिनेत गर्न सिकाइरहेकी छन् । अझ भनौं उनी आलियाकी फिटनेस गुरु भएकी छन् । ३४ वर्षे कट्रिनाले इन्स्टाग्राममा अपलोड गरेको भिडियोमा उनले आलियालाई कडा खालको जिम अभ्यास गर्न लगाएको देख्न सकिन्छ । कट्रिनाले ट्रेनर नभएको समयमा आलियालाई निकै ठूलो भार उठाउन लगाएकी छन् । ‘आलिया तिमी राम्रो गर्दैछौँ,’ भन्दै आलियाले भिडियोमा क्याप्सनसमेत लेखेकी छन् । आलियालाई जिमखानामा गाह्रो परेको समयमा कट्रिनाले उनलाई मद्दत गरेको समाचारहरुमा उल्लेख छ ।

 

Leave A Comment