नीतालाई अमेरिकामा अवार्ड ?

आइतबार, १९ कार्तिक २०७४, १२ : ३६ शुक्रवार
नीतालाई अमेरिकामा अवार्ड ?

पछिल्लो समय नीता ढुंगाना फिल्मविहीन छिन् । त्यसैले उनले आफैं निर्माता बन्ने गरी कम्पनीसमेत खोलेको घोषणा गरेकी थिइन् । तर फिल्म बन्ने नबन्ने अझै टुंगो छैन । अहिले नीतासँग रिलिज हुन बाँकी रहेको एउटै फिल्म छ, ‘पञ्चायत’ । यही ‘पञ्चायत’ले अमेरिकाको एउटा फिल्म फेस्टिभलमा अवार्ड प्राप्त गरेको खबर छ । फिल्म मात्र होइन नीता स्वयंले पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएको खबर अनलाइनमा व्याप्त छ ।
तर, नीताले अवार्ड पाएको फिल्म फेस्टिभलले भने धेरैलाई कौतुहल बनाएको छ ।
पहिलो त नीताले अवार्ड पाएको फिल्म फेस्टिभल कस्तो खालको फेस्टिभल हो थाहा छैन । अझ नीताले फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् र उनले कति र कस्ता प्रतिस्पर्धीलाई पछि पारेर अवार्ड जितेकी हुन् टुंगो छैन । यस्तोमा फिल्म र नीताले उत्कृष्ट भएको खबर बाहिरिएपछि केहीको टिप्पणी छ, ‘अमेरिकामा पनि नेपालमा जस्तो जसलाई मन लाग्यो उसलाई अवार्ड दिन्छन् कि क्या हो ?’
टिप्पणीकर्ताको टिप्पणी गलत भने छैन । नत्र संसारको कुनै फेस्टिभलमा छनोट नभएको फिल्मले अमेरिकाको फेस्टिभलमा छनोट हुने मात्र होइन, पुरस्कृत पनि हुनु चानचुने कुरा होइन ।

Leave A Comment