आलियाका पति र प्रेमी

बिहिबार, ३० असार २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
आलियाका पति र प्रेमी

बलिउडकी क्युट अभिनेत्री आलिया भट्टको प्रेमजीवनबारे धेरैमा खुलदुली छ । यस्तोमा उनले आफ्नो प्रेमजीवनमात्र नभएर दाम्पत्य जीवनबारे पनि खुलासा गरिदिएकी छिन् ।
अविवाहित आलियाले प्रेमसँगै आफ्नो दाम्पत्य जीवनको खुलासा बढो चलाखीपूर्ण तरिकाले गरेकी छिन् । भारतको एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यस्तो रहस्य खोलेकी हुन् ।
एउटा प्रश्नको जवाफमा आलियाले भनिन्, ‘अभिनय मेरा पति हुन्, गायन मेरा प्रेमी । अभिनयसँग मैले निकै लामो यात्रा पार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छु । गायन मलाई असाध्यै मन पर्छ, तर यसलाई कहाँसम्म सँगै लिएर जान्ने भन्ने मलाई थाहा छैन ।’

Leave A Comment