‘लम्फू’मा तरकारीवाली

आइतबार, १९ कार्तिक २०७४, १२ : १० शुक्रवार
‘लम्फू’मा तरकारीवाली

एक वर्षअघि एकाएक भाइरल बनेर विश्वभर चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली फिल्म ‘लम्फू’मा अभिनय गरेको बताएकी छिन् । गोपालचन्द्र लामिछाने निर्देशित यो फिल्ममाा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागि खर्च गरेकी छिन् ।
यसै वर्ष रिलिज हुने ‘लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् भन्ने चाहिँ खुलाइएको छैन । ‘दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न,’ कुसुमले भनिन् । यो चलचित्रको छायांकन अघिल्लो वर्ष नै भए पनि तरकारीवालीको अभिनयको बारेमा निर्माण टिमले केही बोलेको थिए ।
कुसुमले अभिनयबापत प्राप्त सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताएकी छिन् । ‘म जुन समाजमा हुर्कें, बढें यहि समाजले आज मलाई तरकारीवालीको रूपमा विश्वभर चिनाएको हो । मलाई समाजले अनपेक्षित रूपमा यति धेरै कुरा दियो । मैले पनि समाजको लागि केही गर्नुपर्छ भन्ने लागेर अनाथअसहाय बालबालिका लागि खर्च गरेकी हुँ,’ कुसुमले भनिन्, ‘यो मेरो पहिलो कमाइ थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर हुनेछु ।’
कुसुमका काका गोपीलाल श्रेष्ठले  सुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताए पनि ‘लम्फू’ टिमको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्रीसम्म निःशुल्क शिक्षाको लागि छात्रावृत्ति प्रदान गरेको कारण कुसुमले अभिनय गरेको उनले बताए । पपुलर मल्टिमिडियाका लागि शक्तिवल्दव घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोखरेल, सञ्जित भण्डारी लगायतको अभिनय छ ।
गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा फोटोग्राफर रूपचन्द्र महर्जनले खिचेका कुसुमका तस्बिर भाइरल भएपछि कुसुम रातारात चर्चित बनेकी थिइन् ।

 

Leave A Comment