उमेर अनुसारको छालाको स्याहार

बुधबार, १५ कार्तिक २०७४, १२ : ०२ शुक्रवार
उमेर अनुसारको छालाको स्याहार

अचेल युवा मात्र होइन, वृद्धवृद्धालाई पनि आफ्नो छालाको हेरचाह र स्याहार गर्न रुचि बढेर गएको छ । खासगरी आफूभन्दा कम उमेरका युवायुवतीले समेत छालाको स्याहार बढाउन थालेपछि उमेर घर्किसकेका हजूरआमाहरु पनि आफ्नो छालाको स्याहार गर्न तम्सिन थालेका छन् । यस्तो अवस्थामा उमेरअनुसार आफ्नो छालाको स्याहार कसरी गर्ने होला भन्ने चिन्ता सबै  उमेर समूहका व्यक्तिमा देखिन्छ । उमेर बढ्दै जाँदा छालाको प्रकृति पनि परिवर्तन हुँदै जान्छ ।
बीसदेखि तीस वर्ष
बीस वर्षका युवतीको छालामा गुलाबी निखार हुन्छ । छालामा सिबम (छालाको ग्रन्थिको तैलीय स्राव) धेरै बन्छ, जसले छालालाई नरम बनाउँछ ।  किशोरावस्था सकिनेबित्तिकै छालामा भएको सिबोसियस ग्रन्थि धेरै सक्रिय हुन्छ । त्यसैले कतिपय अवस्थामा यी ग्रन्थिका छिद्र खोलिन्छन् त कतिपय अवस्थामा बन्द हुने समस्या हुन्छ । यस उमेरमा जसले उचित पौष्टिक खाने कुरा खाँदैन, उसको छालालाई यसले नराम्रो असर पार्छ । जसका कारण अनुहारको गुलाबी निखार हराउँछ र छाला रुखो हुन्छ ।
यस उमेरका मानिसहरुको बिहान र बेलुका छालालाई क्लिन्जिङ मिल्कले सफा गर्नुपर्छ । बेसन, चन्दन र चामलको पाउडरले अनुहारलाई सफा गर्नुपर्छ । दिनमा कम्तीमा दुई पटक अनुहार सफा गर्नुपर्छ । घरबाहिर जानुपरे २० मिनेटपूर्व आफ्नो छालाअनुसार सन स्क्रिन प्रयोग गर्ने । २५ वर्षपछि आँखा वरिपरि नरम रिंकल देखापर्छ । यसलाई कम गर्न अन्डर आई क्रिम लगाउनु पर्छ ।
तीसदेखि चालीस वर्ष
यस उमेरमा छालालाई कसरी नमी र पोषण दिने भन्ने कुरामा ध्यान दिनुपर्छ । तीस वर्षमा छालामा कोलेजन र छालाको लचकतामा कमी आउन थाल्छ । यसका लागि एन्टी एजिङ क्रिम प्रयोग गर्नुभन्दा पनि छालाको हेरचाह गर्नुपर्छ । यसका लागि अनुहारमा मोस्चराइजर लगाएर पुग्दैन । यसका लागि स्किन सिरमको प्रयोग गर्नुपर्छ । यसबाट छालामा आउने मसिना रेखाहरू बन्न पाउँदैनन् ।
सुत्नुपूर्व धेरै मोस्चराइजर प्रयोग गर्नुभन्दा स्किन रिपेजर क्रिम प्रयोग गर्दा राम्रो हुन्छ । आँखामुनि देखापर्ने रिंकलमाथि मात्र नभएर घाटीमा देखापर्ने रिंकलमा पनि ध्यान दिनुपर्छ । छालामा कुनै प्रकारको लोसन वा क्रिम प्रयोग गर्दा घाँटीलाई पनि सम्झनु पर्छ ।
चालीस–पचासको वर्षमा
यो उमेरमा हार्मोनको उतार–चढावको प्रभाव छालामा देखिन्छ । शरीरमा इस्ट्रोजनको स्तर क्रमशः बिग्रन थाल्छ । अनुहारको तल्लो भागबाट व्यक्तिको उमेरको अनुमान लगाउन सकिन्छ । आफ्नो उमेर कम देखाउन राम्रो ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसले छालालाई कसिलो बनाउँछ । अनुहारको स्याहार गर्न बदाम एवं प्रोटिनयुक्त युथ सिरम प्रयोग गर्नुपर्छ । यसले छालाको रङलाई एकनासे बनाउन मद्दत गर्छ । यस उमेरमा आँखाको कुना तर्फको छालामा गहिरो रिंकल देखिन्छ । आँखामा थकान महसुस हुन्छ भने बदाम र भिटामिन भएको विशेष आई क्रिम प्रयोग गर्नुपर्छ । यो उमेरमा छाला सुख्खा हुन्छ । त्यसैले राम्रो खानाबाहेक पिउने पानीको मात्रामा पनि ध्यान पु¥याउनु पर्ने हुन्छ । अनिद्रा छालाका लागि खतरनाक साबित हुन्छ  । नाइट क्रिमले छालाको सुरक्षा गर्छ । क्रिम लोसन लगाउन भिटामिन सप्लिमेन्ट पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरलाई भित्र र बाहिर दुवै दृष्टिकोणबाट फाइदा पु¥याउँछ ।
पचास प्लसको वर्षमा
आधा जीवन पूरा गरेपछि अनुहारको आभा कायम राख्न कठिन भए पनि असम्भव भने हुँदैन । ओठमा उम्रने रेखा रोक्नका लागि ग्लसयुक्त लिपिस्टिक र भिटामिन रिच नाइट लिप बामको प्रयोग गर्न सकिन्छ । कोजिक एसिडले अनुहारमा देखापरेका दागलाई हटाउन सकिन्छ । यसको लागि च्याउ सेवन गर्दा राम्रो हुन्छ । त्यसो त बजारमा मसरुम र अनारको रसयुक्त एन्टी एजिङ क्रिम पनि पाइन्छ । यस किसिमको क्रिमले यो उमेर समूहका व्यक्तिको छालालाई फाइदा पु¥याउँछ । शरीरको हड्डी र छालाका लागि जौं, सोयाबिन, अनार तथा जैतुन आदि खाद्यपदार्थ सेवन गर्नु राम्रो हुन्छ । छालाको धेरै भागलाई खुम्चनबाट जोगाउनका लागि बढी मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

Leave A Comment