काम नगर्ने कुकुरको जागिर चट्

बुधबार, १५ कार्तिक २०७४, ११ : ३३ शुक्रवार
काम नगर्ने कुकुरको जागिर चट्

कुनै कार्यालयमा कामदारले काम राम्रो नगरे उसलाई जागिर चट् हुने सम्भावना हुन्छ । तर अमेरिकास्थित भर्जिनियाको सिआईए(सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी)ले बम बारुद नसुँघेको भन्दै एक कुकुरको जागिर चट् भएको छ ।
लुलु नाम गरेको लाब्राडोर प्रजातिको कुकुर केही हप्तादेखि सिआईएको बम बारुद भेट्टाउने काममा मन नलगाउँदै आएको थियो । ‘उसलाई खानेकुरा खुवाएर र खेल्न दिएर समेत उसलाई प्रेरित गर्दा काममा मन दिएन ।’ सिआईएले आफ्नो वेबसाइटमा लेखेको छ । यही कारण उसलाई जागिरबाटछ निकालिएको सिआईएले उल्लेख गरेको छ ।
अब लुलुलाई सामान्य कुकुरका रुपमा एक मानिसले घरमा लगेका छन् । अब लुलु घरमा बसेर बगैंचामा खरायो र लोखर्के धपाउँदै बस्नेछ । लुलुले काममा मन नलाउनुमा उसको चलाखीपन समेत हुन सक्ने धेरैको तर्क छ । बम बारुद खोज्ने काम गर्न अल्छि लागेकै कारण उसले बम बारुद सुँघ्न छाडेको हुन सक्छ ।
काममा मन नलाउने लुलुलाई जागिर निकाला गरिएपछि सिआईएका कर्मचारीलाई समेत आनन्द मिलेको बताइन्छ । अब सिआईएका कर्मचारीहरु उत्कृष्ट कुकुरलाई मात्र तालिम दिन पाउने छन् ।

Leave A Comment