कृतिको इन्गेज ?

मङ्गलबार, १४ कार्तिक २०७४, ०३ : ०४ शुक्रवार
कृतिको इन्गेज ?

कृति सनान पछिल्लो समय बलिउडका रुचाइने अभिनेत्री हुन् । कृति निकै पहिलेदेखि सहकर्मी सुशान्त सिंह राजपुतसँग सम्बन्धमा रहेको बताइन्छ । उता आफ्नी पूर्व प्रेमिकासँग ब्रेकअप गरिसकेका सुशान्त र कृति बारम्बार सँगै नदेखिएका पनि होइनन् । केही अघि आएको फिल्म ‘राब्ता’को सुटिङताका नै उनीहरुको प्रेम सञ्चार माध्यमभर छताछुल्ल भएको थियो । केही दिनअघि दिल्लीमा रहेका कृतिको परिवारले दिवालीको समयमा सुशान्तलाई घरमा आमन्त्रित गरेको बताइन्छ । परिवारले नै सुशान्तलाई भेट्न बोलाएपछि यो कुरा झन् गम्भीर हुँदै गएको छ । भेटघाटको प्रकृति हेर्दा चानचुने नभएको बलिउड पण्डितहरु बताउँछन् । सार्वजनिक रुपमा प्रेमी प्रेमिका घोषित नगरेको यो जोडी आफ्नो सम्बन्धलाई सधैं सेक्रेट राख्दै आएका छन् । यसरी सुशान्तलाई घर बोलाउनुको पछाडी उनीहरुको इन्गेजमेन्ट हुन सक्ने धेरैको अड्कल छ । यति हुँदा हुँदै पनि उनीहरु आफूहरुलाई बेस्ट फ्रेन्ड मात्रै रहेको बताउँदै आएका छन् । खास कुरो के हो, त्यो त समयले नै बताउला । कि कसो ?

Leave A Comment