आतंककारी टर्की

मङ्गलबार, १४ कार्तिक २०७४, ०२ : ५४ शुक्रवार
आतंककारी टर्की

टर्की चराको नाम त पक्कै सुन्नु भएको होला । कुखुराजस्तै देखिने पाल्तु यस चराको मासुलाई विदेशमा निकै रुचाइन्छ । तर यहाँ यस्ता टर्कीको समाचार आएको छ जसले वरीपरीका बासिन्दा मात्र नभएर प्रहरीलाई समेत आक्रमण गरेर हंगामा मच्चाएका छन् ।
मासाचुसेट्सको ब्रिजवाटरस्थित समुहमा रहेका टर्कीले हदैसम्मको आक्रमण गरेर त्यहाँका मानिसहरुलाई हतोत्साहित बनाएका हुन् । मारुडिङ प्रजातिका टर्कीले प्रहरीको कारलाई समेत पछ्याउँदै आक्रमण गरेका हुन् । दक्षिण बोस्टनदेखि जम्मा ५० किलोमिटर टाढाको घटनालाई केही टर्कीको आक्रमणमा घाइते भएका बब स्मीथले भिडियोमा कैद गरेपछि यो कुरा बाहिर आएको हो । भिडियोमा टर्कीको एक झुन्ड मानिसहरुको घर चहार्दै आएको देख्न सकिन्छ ।
एबिसीसँग बोल्दै बब भन्छन्, ‘उनीहरुले मलाई पछ्याएका थिए । उनीहरुले मेरो शरीर भरि नङ्ग्राले कोतरिदिए । उनीहरु नजिकैको एक थुम्कोबाट आएका थिए । सुरुमा एउटाले ठुंगेपछि अन्य टर्की आएर मलाई लखेट्न थाले ।’ ब्रिजवाटर प्रहरीले सामाजिक सञ्जालमा स्थानियहरुलाई सचेत हुन आग्रह गर्दै टर्कीबाट बच्न अनुरोध गर्दै आफ्नो कारलाई उनीहरुले पछ्याएको भिडियो अपलोड गरेका छन् ।
प्रहरीका अनुसार टर्की चार ओटाको समूहमा रहँदै आएका छन् । प्रहरीले लेखेको छ– ‘रिसाहा टर्की सहरमा निकै बबन्डर मच्चाउँदै छन् । राज्यको कानूनले प्रहरी र पशु नियन्त्रण अफिसलाई समेत उनीहरुलाई निमिट्यान्न पार्ने हक दिँदैन ।’ त्यहाँका स्थानियका अनुसार टर्कीहरुलाई यसैगरी छाडा छाडेमा झन् बबन्डर मच्चाउन सक्ने बताउँछन् । सहरका अधिकारीहरुले कोही मानिस टर्की आक्रमणमा परे अथवा कसरी बच्ने भनेर राय चाहिएमा आफूहरु तयार रहेर बसेको बताउँछन् ।

Leave A Comment