कामुक विपाशा

मङ्गलबार, १४ कार्तिक २०७४, ०१ : ३८ शुक्रवार , Kathmandu
कामुक विपाशा

गत २०१६ को अप्रिलमा विवाहमा बाँधिएकी बलिउड हट बाला विपाशा बसु पति करण सिंह ग्रोभरसँगै पर्दामा नदेखिएको निकै लामो भएको थियो । वैवाहिक जीवन सुखमय बनाउँदै आएका उनीहरु २०१५ को थ्रिलर फिल्म ‘अलोन’मा एकसाथ पर्दामा अनस्क्रिन रोमान्स गरेका थिए । हालै विपाशा बसु र करण सिंह ग्रोभर एकैसाथ एउटा टेलिभिजन विज्ञापनमा छाएर चर्चाको चूलीमा पुगेका छन् । विपाशा र करणले एक कन्डमको विज्ञापनमा सँगै आएर सरगर्मी फैलाएका हुन् । एक मिनेट लामो कन्डम एडमा उनीहरु निकै खुलेका छन् । विज्ञापनमा उनीहरु दुवै निकै कामुक देखिएका छन् । दुवै जनाले इन्स्टाग्राममा पोस्ट सेयर गरेसँगै यसबारेको जानकारी बाहिर आएको हो । जनसंख्या धेरै भएको देश भारत यौनका मामिलामा निकै तल परेको र अझै पनि खुल्न नसेकेको लेख्दै दुवैले इन्स्टा पोस्ट सेयर गरेका छन् । कतिपयले विज्ञापनको विरोध गरेपनि उनीहरुको विज्ञापनको अर्थले धेरैको ध्यान खिचेको र मन पनि जितेको बताइन्छ ।

Leave A Comment