ईशालाई पुत्री लाभ

आइतबार, १२ कार्तिक २०७४, १२ : ४४ शुक्रवार
ईशालाई पुत्री लाभ

बलिउड बाला ईशा देवललाई पुत्री लाभ भएको छ । हेमा मालिनी र धर्मेन्द्र पुत्री ईशाले गत अक्टोबर २० तारिखमा पुत्री लाभ गरेकी हुन् । पति भरत तखतानीबाट गत २०१५ मा छोरा दरीन पाएकी ईशा सोमबार अस्पतालबाट डिस्चार्ज भएर हेमाको जुहु बंगलोमा फर्किसकेकी छन् । ईशाका निकटका एक परिवारले बताएअनुसार हेमाले नयाँ नातिनीलाई तमिल रितिरिवाजअनुसार आरती गरेर घर भिœयाएकी छन् । हेमाले तिहारको समय घरमा लक्ष्मी आएको बताएकी छन् । उता लोनावाला पुगेका धर्मेन्द्र पनि नातिनी जन्मिएको खुसीयालीमा मुम्बई फर्किसकेका छन् । भरत र ईशाले छोरीको नाम राध्या राखेका छन् ।

Leave A Comment