फरक छालाको बेग्लै मेकअप

आइतबार, १२ कार्तिक २०७४, १२ : ३८ शुक्रवार
फरक छालाको बेग्लै मेकअप

अचेल मेकअपबिना महिला आफूलाई अधुरो महसुस गर्छन् । मेकअप यति चल्तीमा छ कि यो बिना महिलाले आफूलाई असहज महसुस गर्छन् । हरेक मौसमका लागि बेग्लाबेग्लै मेकअप हुने गर्छ । हर समय एकै खालको मेकअप गर्न मिल्दैन । त्यसैले मौसमअनुसार फरक फरक तरिकाले मेकअप गरिन्छ । रोचक कुरा त के छ भने हाम्रो छालाको प्रकृति फरक फरक हुन्छ । त्यसैले छालाको प्रकृतिअनुसारको मेकअप गर्नुपर्ने हुन्छ ।
सुख्खा छाला भएकाले मेकअप गर्दा सुरुमा अनुहारलाई क्लिन्जिङ मिल्कले सफा गर्नुपर्छ । यसले छालामा रहेका फोहोर बाहिर निस्किनुका साथै छाला नै नरम बनाउँछ । क्लिन्जिङ गरेपछि छालामा टोनर लगाउनु पर्छ । टोनरले छालाको पिएच ब्यालेन्सलाई कायम राख्छ । यसपछि डिप मोस्चराइजिङ क्रिम लगाउनु पर्छ । त्यसपछि सन ब्लक लगाएर मोस्चराइजिङ पाउडर लगाउनु पर्छ ।  गाजल लगाउँदा वाटरप्रुफ गाजल लगाउनु पर्छ ।
अनुहारको छाला चिल्लो छ भने त्यसमा सुख्खा अनुहारभन्दा फरक तरिकाले मेकअप गर्नु पर्छ । चिल्लो अनुहारमा मेकअप गर्दा सुरुमा ओयल फ्रि क्लिन्जिङले अनुहार सफा गर्नुपर्छ । यसले अनुहारको चिल्लोपन कम गर्छ ।  क्लिन्जिङ गरिसकेपछि अनुहारमा टोनर लगाएर सन क्रिम लगाउनु पर्छ । यस्तो छालाको मेकअपमा डस्ट पाउडर लगाउनु पर्छ । यो पाउडरले छालाको चिल्लोलाई कम गर्छ । चिल्लो अनुहारको लागि गालज वाटरपु्रफ लगाउनु पर्छ ।

Leave A Comment