मी–टुले ल्याएको क्रान्ति

आइतबार, १२ कार्तिक २०७४, १२ : २७ शुक्रवार , Kathmandu
मी–टुले ल्याएको क्रान्ति

पछिल्लो समय तपाईं सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईं मी टु ह्यासट्यागसँग पक्कै परिचित हुनुहुन्छ । अझ त्यसमा पनि ट्वीटर चलाउनुहुन्छ भने तपाईं यसबारेमा स्पष्ट हुनुहुन्छ । मी टु ह्यासट्याग छोटो समयमा नै निकै भाइरल भएर संसारभर छाएको सांस्कृतिक अभियान हो जहाँ महिलाहरु हुल दंगा गर्ने, अनसन बस्ने, धर्ना टेक्ने नभएर सामाजिक सञ्जाल ट्वीटरमा मी टु ह्यासट्याग मेन्सन गर्दै आफू यौन हिंसाको सिकार भएको बारे जानकारी गराउँदै आइरहेका छन् ।
सामाजिक सञ्जालको कत्तिको शक्तिशालि छ भनेर यही ह्यासट्यागले पुनः एकपटक पुष्टि गराएको छ । मि टु ह्यासट्यागले महिलाहरुलाई आफू यौन हिंसामा परेको कुरा खुलस्त रुपमा व्यक्त गर्न सजिलो बनाइदिएको छ । संसारभर छरिएर रहेका महिलाहरु सामाजिक सञ्जाल मार्फत एकजुट भई यौनहिंसाविरुद्ध लाग्न एकबद्ध भएका छन् । हाइ प्रोफाइल व्यक्तिदेखि कुनाकाप्चामा रहेका महिलाहरु आफ्ना कुराहरु बाहिर ल्याइरहेका छन् ।
अभिनेत्री एलिसा मिलानोले मि टु ह्यासट्याग मार्फत पहिलो ट्वीट गरेपछि यो ह्यास्टयाग रातारात संसारभर अग्रपक्तिमा आएको थियो । अहिलेसम्म ५ लाख भन्दा बढी महिलाहरुले मी टु ह्यासट्याग राखी ट्वीट गरिसकेका छन् ।
मी टु ह्यासट्यागको सुरुवात
मी टु ह्यासट्याग अमेरिकी अभिनेत्री तथा प्रोड्युसर एलिसा मिलानोले संसारभर रहेका महिलाहरु यौन शिकारबारे खुल्न भनेर ह्यासट्याग सुरु गरेदेखि नै भएको हो । केही अघि मात्रै हलिउड प्रोड्युसर हार्भे विन्स्टनले धेरै भन्दा धेरै अभिनेत्री तथा मोडेलहरुलाई यौन शिकार बनाएको प्रमाण बाहिरिएपछि नै मी टु ह्यासट्याग आएको हो । एलिसाले नै ट्वीट मार्फत महिलाहरुलाई यौन हिंसाको बारेमा एकवद्ध हुँदा धेरैभन्दा धेरै मानिसहरु कहाँ पुग्ने र एक किसिमको दबाव सिर्जना हुने भन्दै गरेको ट्वीट नै मी टु ह्यासट्यागबाट नै यसको सुरुवात भएको हो ।
हार्भे विन्स्टनको कर्तुतबारे बोल्ने दुई दर्जनभन्दा महिलाहरुमा अभिनेत्री एन्जेलिना जोली र ग्वेनेथ पाल्त्रो छन् । उनीहरु मध्ये कोही हार्भेको यौन हिंसाको शिकारका साथै बलात्कारका परेका थिए । तर पनि हार्भेले आफूले हिंसा नगरी सहमति भएको यौन क्रियाकलाप भएको भन्दै आइरहेका छन् । मी टु ह्यासट्यागको मुख्य धेय नै संसारभर कुनाकाप्चामा कहीँ न कहीँ कसैबाट यौन हिंसा भोग्न बाध्य महिलाहरुलाई एकबद्ध गर्नु हो । यस ह्यासट्यागमा धेरै भन्दा धेरै पुरुषहरु पनि एकबद्ध भई महिलाहरु साथ दिँदैछन् ।
एलिसाको ह्यासट्याग अभियानसँगै अन्य अभियान पनि संसारभर उदय भइरहेका छन् । फ्रान्समा ब्यालेन्सटनपोर्क अथवा ‘एक्सपोज द पिग’ नाममा महिलामाथि यौन हिंसा गर्नेहरुलाई लज्जित बनाउन लागि परेका छन भने वुमनहुरोर ह्यासट्यागमार्फत पनि पीडित महिलालाई बाहिर आउन आग्रह गरिएको छ । मी टु ह्यासट्याग गर्ने लाखौं महिलाहरुमध्ये गायिका लेडी गागासमेत छन् ।
मी–टु ह्यासट्याग गर्ने सेलिब्रिटीहरु
एलिसाकी पूर्व सहकर्मी तथा टेलिभिजन स्टार रोस म्याकगावेनले समेत ट्वीट गर्दै यस अभियानमा साथ दिएकी थिइन् । उनले हार्भेले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनको यो कदमलाई साथ दिने धेरै छन् । हलिउड र बाहिरका महिलाहरुलाई समेत यो कुराले खुल्न सजिलो बनाइदिएको सञ्चारमाध्यमा उल्लेख छ ।
मी टु ह्यासट्याग गर्ने सेलिब्रिटीहरु आफू जीवनको कुनै मोडमा कोही न कोहीबाट यौन हिंसाको शिकार भएको व्यक्त गरेका छन् । यौन हिंसाको शिकार हुने केही सेलिब्रिटीहरुमध्ये प्रमुख निम्न छन् ः
लेडी गागा
मोनिका लेविन्स्की
डेब्रा मेसिङ
एन्ना पाक्विन
पेट्रिसिया आकर््िवीटी
रोसारियो डसन
राचेल उड
अमेरिका फेर्रीया
बोजोर्क
सेरिल क्रो
गिलियन एन्डरसन
सेल्मा ब्लेर
स्टेला क्रिसी

यससँगै ओलम्पिक गोल्ड मेडलिस्ट म्याककेला मरोनीले आफू जिम्नास्टिक डाक्टरबाट यौन हिंसाको शिकार भएको उल्लेख गरेकी छन् । उनले आफू १३ वर्ष उमेरमा पहिलोपटक लारी नास्सरबाट यौन शिकार भएको र लगातार सात वर्षसम्म छुटकारा नपाएको कुरा एक विज्ञप्तिमार्फत ट्वीटरमा उल्लेख गरेकी छन् ।
मी टु ह्यासट्याग भन्दा पहिले नै मी टु अभियान
सन् १९९७ टराना बुर्की एक १३ वर्षे यौन हिंसाको शिकार भएकी किशोरीसँगै बसेकी थिइन् । ती किशोरीले आफ्नो यौन हिंसामा पर्दाको दर्दनाक कहानी सुन्दा बुर्की स्तब्ध भएकी थिइन् । एक किशोरीको अनुभवले नै बुर्कीलाई मी टु अभियान अघि बढाउन सहयोग गरेको थियो । सोझै भन्दा ती किशोरीको अनुभवबाटै बुर्कीको मी टु अभियानले जन्म लिएको थियो । बुर्की भन्छिन्, ‘किशोरीको अनुभव सुनेर मेरो बोली नै बन्द भयो । म पनि तिमीजस्तै पीडित हुँ भनेर भन्न सकिनँ । यो कुरा लामो समय मेरो मनमा अड्किरहेको थियो ।’
बुर्कीले किशोरीको अनुभव सुनेको १० वर्षपछि २००७ मा ‘जस्ट बी आइएनसी’ नामको फाइदा नकमाउने एक संस्था दर्ता गरिन् । उनको संस्थाले यौन हिंसाको शिकार भएकाहरुलाई सहयोग गर्दै आइरहेको छ । आफूजस्तै अरुको पीडामा मल्हम लगाउन गरेको प्रणले नै बुर्कीको अभियानाई पूर्ण रुप लिएको थियो । उनले आफ्नो अभियानलाई मी टु नाम दिएकी थिइन् ।
केही दिनअघि त्यही दुई शब्द ‘मी टु’ सामाजिक सञ्जालमा रातारात चर्चित भए । अभिनेत्री एलिसा मिलानोको ट्वीट यसरी चर्चित हुँदा कालो वर्णका केही महिलाहरुले यो काम त बुर्कीको लामो त्याग र संघर्षले आएको बताएका थिए । लामो समयदेखि कालो वर्णकी एक महिलाले गरेको काम गोरो वर्णकी एलिसा हाइलाइटमा आउँदा दुई मतको अवस्था सिर्जना भएको थियो ।
एलिसाले बुर्कीलाई बिना क्रेडिट मी टु ह्यासट्याग गरेकोमा धेरैको आपत्ति थियो । तर पछि बिहीबार एलिसाले ‘गुड मर्निङ अमेरिका’मा बुर्कीको नाम लिँदै यसको सुरुवातकर्ता उनै भएको उल्लेख गरेकी थिइन् । पछि बुर्कीले धेरैभन्दा धेरैको साथ पाउँदा यी दुई शब्द मेरो मात्र नभएर संसारभर भएका सम्पूर्ण महिलाहरुको भएको बताएकी छन् ।
ह्यासट्याग ट्वीटर, फेसबुक, स्न्यापच्याट हुँदै अन्य माध्यमहरुमा समेत पुगेको थियो । फेसबुकमा मात्रै १ करोड २० लाख पटक सेयर पोस्ट भएको एपीले लेखेको छ ।
एजेन्सीको सहयोगमा

Leave A Comment