केशवशरणको काँधमा र्यान्डम

आइतबार, १२ कार्तिक २०७४, १२ : १३ शुक्रवार
केशवशरणको काँधमा र्यान्डम

पठन संस्कृतिको विकासका लागि पोखरामा व्रिmयाशील ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित भएका छन् । सोसाइटीको शनिबार भएको पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा २ वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपिन्द्र प्रभावी, सचिव अनुपमणि अधिकारी, कोषाध्यक्ष विजय भण्डारी र सहसचिव सुरज उपाध्याय चयन भए । सदस्यहरुमा मीरा ढकाल, ध्रुव के. सी., खिम लामिछाने, अल्पज्ञानी र नेपालप्रकाश अधिकारी चयन भएका छन् ।
साहित्यका विभिन्न विधामा कलम चलाउँदै पत्रकारका रुपमा बढी परिचित नवनिर्वाचित अध्यक्ष लामिछानेले ¥याण्डमको उचाइलाई सकेसम्म अझै बढाउन प्रयास गर्ने र नसके पनि उचाइ घट्न नदिने प्रतिबद्धता व्यक्त गरे । सोसाइटीले यसअघि नै देखेको राष्ट्रिय पुरस्कार प्रदान गर्ने सपना यो कार्य समितिले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कर्मकाण्डीयभन्दा भिन्न ढङ्गले अझै व्यापक विषयवस्तु समेट्ने गरी कार्यव्रmमहरु अघि बढाइने जानकारी दिए । त्यस अवसरमा संस्थालाई सहयोग गरेको भन्दै क्याफे डे गार्डेनका सञ्चालक विष्णुलाल श्रेष्ठ र होटल स्नो ल्याण्डका सञ्चालक गणेशबहादुर थापालाई सम्मान गरिएको थियो । सोसाइटीले ‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यताका साथ हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

Leave A Comment