इजरायल काममा जानेलाई टिप्स

आइतबार, १२ कार्तिक २०७४, १२ : ०८ शुक्रवार
इजरायल काममा जानेलाई टिप्स

वैदेशिक रोजगारीमा केयरगिभरका लागि इजरायल  जान खोज्नेलाई यसपटक सोही अनुसार टिप्स दिएका छौं
–इजरायको केयरगिभरमा जान २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ ।
–केयरगिभर सम्बन्धी तीन महिने तालिम लिएको हुुनुपर्छ
–अघिल्लो पटक तीन महिने तालिम लिएका महिला, पुरुष नभेटिँदा अनमी, स्टाफ नर्स पढेकाहरू केयरगिभरका लागि इजरायल जान पाएका थिए ।
–वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो पटक (६ महिना अघि) इजरायल गएका ५९ जनामध्ये ८० प्रतिशत महिला थिए भने २० प्रतिशत पुरुष ।
–विभागले अब इजरायलमा केयरगिभर मात्र नभई कृषि र निर्माण तथा सेवामूलक क्षेत्रका लागि श्रमिक पठाउने प्रयास भइरहेको जनाएको छ ।
–इजरायल जान जीटूजी (दुबै देशको सरकारी तवर) प्रक्रिया अवलम्वन गरिएकाले सुरुमा केयरगिभरको लिखित परीक्षामा पास हुनुपर्छ । लिखित परीक्षा पास भएपछि प्रयोगात्मक र मौखिक परीक्षा हुन्छ । सबै परीक्षामा इजरायलबाट आएका अधिकारी नै सामेल हुन्छन् । त्यसैले सोर्सफोर्सको सम्भावना कम हने बताइन्छ । यद्यपि पहिलो चरणमा छनोट भएका ५९ जनामध्ये दुई जनालाई श्रम तथा रोजगार मन्त्रालयको उच्च तहमा रहेका व्यक्तिको दबाबमा छनोट गरिएको गुनासो पनि छ ।
–इजरायली रोजगारदाताले आफूले कामदार बोलाउनु अघि उसले गर्ने कामबारे भिडियोमार्फत् जानकारी लिन सक्छन् ।
–केयरगिभर भनेको इजरायलमा मुख्यगरी वृद्धवृद्धाको हेरचाह गर्नु हो ।
–इजरायल क्रिश्चियन मूलक हो ।
–इजरायलमा महिला र पुरुषको समान अधिकार भएकाले महिलाले सुरक्षित ठान्छन् । केयरगिभरको काम घरभित्रै गर्नुपर्ने भएकाले धेरै महिलाले त्यस्ता कामलाई सहज ठान्छन् ।
–इजरायल जान भिसा प्रक्रिया, टिकट लगायत गरी करिब ७५ हजार रुपैयाँ लाग्ने गर्छ ।
–केयरगिभरको काम गर्नेले इजरायलमा पारिश्रमिक नेपाली रुपैयाँ औसत मासिक सवा लाख जति पाउँछन् । कतिपय वृद्धवृद्धाले तोकिएको पारिश्रमिकमा पनि केही थप गरिलिन्छन् ।
–केयरगिभरको काम गर्न जानेहरू इजरायलमा  चार वर्ष भन्दा बढी बस्न सक्छन् ।

Leave A Comment