हिमस्टारका नयाँ एलइडी बल्ब

आइतबार, १२ कार्तिक २०७४, १२ : ०४ शुक्रवार
हिमस्टारका नयाँ एलइडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलइडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलइडी बल्ब नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको सीई सर्टिफाइड एलइडी बल्ब रहेको कम्पनीले जनाएको छ । हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले नेपाली बजारमा हिमस्टार एलइडी बल्ब उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । हिमस्टार एलइडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केही समाधान गर्नका लागि सहयोग गर्नेछ ।
नयाँ एलइडी बल्ब १०० लुमेन्स पर वाटसहितको विशेषतासहित उपलब्ध छ । जसमा उच्च पावर कार्यदक्षता रहेको कम्पनीको दाबी छ । यसमा न्यून मात्रामा विद्युतखपत र उच्च लुमेन्स छ । हिमस्टारको आठ वाटको एलइडी बल्बको मूल्य एक सय ५० रुपैयाँ तोकिएको र तीन वर्षको वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

Leave A Comment