प्रमिलाको गीतमा तक्मे र रेखा

आइतबार, १२ कार्तिक २०७४, १२ : ०१ शुक्रवार
प्रमिलाको गीतमा तक्मे र रेखा

नेपाली तारा सिजन–३ का फस्ट रनरअप देबेश राई र ‘नेपाल आईडल’ टप–७’ प्रमिला राईको स्वर रहेको ‘भेटै भयो सोल्टीज्यू...’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
राम रेप्चुङ राईको शब्द रहेको गीतमा देबेश राइले नै संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा हास्यकलाकार विल्सनबिक्रम राई (तक्मेबुढा) र रेखा फागोले अभिनय गरेको छन् ।
‘भेटै भयो सोल्टीज्यू माइबेनी मेलैमा, भीर फूल टिपी सोल्टी ज्यू लाइदिनु शिरैमा’ बोलको पुर्वेली ठेट शब्द समेटिएको गीतको म्युजिक भिडियो निर्देशन पत्रकार एम पि सुब्बाले गरेका हुन् ।

Leave A Comment