दसैँको यात्रा कस्तो भयो ?

सोमबार, ३० असोज २०७४, १२ : ३५ शुक्रवार
दसैँको यात्रा कस्तो भयो ?

गुल्मीबाट बुटवल एक दिन लाग्छ । त्यहाँबाट रात्रि बस चढेर काठमाडौँ आयौँ तर आउँदा नवलपरासीमा आइनपुग्दै गाडीको टायर पङ्चर भएर निकै समय त्यहस् ठाउँमा बस्नु प¥यो । दसैँका बेला थोत्रा गाडी चलाइने हुनाले यसपालिको दसैँ सुखदुःख मनाउनु पर्यो ।
अनमोल अर्याल/ गुल्मी

दसैँको यात्रा ठीकै भयो । मुग्लिनबाट यता आउँदा गाडी जाम भएर १ घण्टामा पुन्नु पर्ने ठाउँमा ३÷४ घण्टा लाग्ने बनायो । अरु त त्यस्तो नराम्रो भएन ।
निश्चल अधिकारी/मोरङ

यसपालि मलाई रमाइलै लाग्यो । इलामदेखिको यात्रा काठमाडौँ आउँदा त्यस्तो खासै नराम्रो भएन । यात्रा सहज नै भयो ।
सुरेन्द्रदेव कटुवाल/इलाम

काठमाडौँबाट कैलाली जाँदा टिकट नपाएर निकै कठिन भयो तर आउँदा चाहिँ ठीकै भयो । यसपालिको दसैँको यात्रा रमाइलै भयो मेरो लागि । सोधिदिनु भएकामा धन्यवाद ।
अनुरोध लुइँटेल/कैलाली

घर जाँदा टिकट नपाएर जान ढिला भयो । आउँदा त ठीकै भयो मेरो दसैँ यात्रा । मुग्लिनमा चाहिँ जाम भएर काठमाडौँ अबेला आइयो । यस्तै हो ।
मनीषा बाँस्कोटा/झापा

काठमाडौँबाट घर सिन्धुली आउँदा त राम्रै गरी आए तर काठमाडौ फर्कदा सिट नपाएर सिन्धुलीबाट काठमाडौँ उभिएरै आउनु पर्यो । यो दसैंमा सारै कष्टकर तरिकाको दसँैको यात्रा भयो ।
रामचन्द्र श्रेष्ठ/सिन्धुली

दसैँको यात्रा ठीकै भयो । त्यस्तो नराम्रो चाहिँ भएन ।
अजय माझी/ सर्लाही

दसैँ यात्रा ठीकै भयो, आउँदा मुग्लिनमा हल्का जाम प¥यो । यस्तै भो ।
इस्राम माझी/सर्लाही

दसैँमा घर जाँदा बाइकमा गएको थिएँ । ठीकै भएको थियो तर आउँदा भनेको समयमा टिकट नपाएर बर्नोटमा बसेर आउनु प¥यो । यति लामो यात्रामा पनि मेरा लागि दसैँको यात्रा दुःखदायी भयो भन्नुप¥यो ।
नवीन डिसी/उदयपुर

मेरो दसैँ यात्रा रमाइलो भयो । टिकट समयमै पाएँ । दसैँ मनाएर राम्रै गरी आइपुगे काठमाडौँ ।
विनोद पौडेल/ मोरङ

यसपालि दसैँमा घरमा टीका लगाउन मिलेन तर भेटघटको लागि गएको थिएँ । जाँदा बाटोमा गाडी र मोटर साइकल जुदेर घटना स्थलमै दुई जनाको मृत्यु भयो । त्यसले गर्दा निकैबेर गाडी रोकियो । घर अबेर पुगियो । आउँदा भने सहजै तरिकाले आइयो ।
सचिता बुढाथोकी/सर्लाही

दसैँमा साह्रै दुःख पाइयो । गाडीको जाम उस्तै, बाटोघाटो बिग्रेर सहज यात्रा भएन । काठमाडौँबाट घर जाँदा होस् या घरबाट काठमाडौँ आउँदा– लास्टै दुःख पाइयो ।
लोकनाथ रेग्मी/झापा

यसपालिको दसैँ  यात्रा रमाइलो भयो । गाडी राम्रै परेको थियो । त्यस्तो गाडीले समयमै काठमाडौँ आइपुगेँ ।
गीता काफ्ले/सिन्धुली

हेर्नुस् यसपालिको दसैँ यात्रा साह्रै झूर भयो । सल्यानबाट काठमाडौँ आउँदा बाटोमा गाडीको तीन वटा टायर पम्चर भएर फेर्नमै दिन गयो । बेलुका ५ बजे उताबाट गाडी चढेको १२ घण्टामा काठमाडौँमा आइपुग्नु पर्ने ठ्याक्कै २४ घण्टा लगायो । मुग्लिनको जाम उस्तै । भो कुरै नगरौँ ।
केबी भण्डारी/सल्यान

यस पालिको दसैं एकदम झकास भयो । यात्रामा पनि रमाइलो नै भयो ।
महेश पौडेल/मोरङ

आफू त डिउटी गर्दै दसैँ मनाइयो । यात्रा त रमाइलो हुने भइहाल्यो नि हैन ?
गौरा मगर/बर्दिबास

झकास, बिन्दास पाराले दसैँ यात्रा गरियो । कतै कतै गाडी जाम परेर मात्र तनाव भो, नत्र रमाइलै गरी बित्यो ।
सागर पौडेल/मोरङ

यात्रा निकै कष्टकर रह्यो । सीमित मात्रामा यातायातका साधन चल्दा निर्धारित भन्दा बढी भाडा तिरेर गन्तव्यमा जानुपर्ने बाध्यता भो । परिवारसँग बसेर दसैँ सुखदुःख मनाएर फर्किएँ । गाडी जामले समयमा भनेको ठाउँमा पुग्न सकिएन । यही हो ।
रोशन पोखरेल/इटहरी

घर जाँदा पनि गाडीमा कोचाकोच भएर गइयो । बालक बच्चा लिएर हिँडेको मान्छे, साह्रै गाह्रो भयो । कतिखेर घर पुगौँ जस्तो भो । गाडीमा कति मान्छे हालेको होला ! अचम्म लाग्छ । ट्राफिकले पनि के हेर्छ खै ?
सागर काफ्ले/काभ्रे

पोहोरभन्दा अलिक सजिलो भयो । घर जाँदा टिकट पाउन गाह्रो भए पनि आउँदा समयमै टिकट पाएँ । दसैँ ठीकै भयो भन्नु पर्यो ।
अर्जुन बोहोरा/धनगडी

दसैँ रमाइलो नै भयो भन्नु पर्यो तर यात्रा गर्दा भने अलिक बढी जाम हुने भएकाले समयमा पुग्नै गाह्रो भयो ।
प्रियजन राई/उदयपुर, कटारी

मेरो घर यही धादिङ हो । जानको लागि टिकट काट्नु पर्दैन तर अलिक भिडभाड भए पनि बिहान गए बेलुका पुगिन्छ । दसैं यात्रा रमाइलो नै भयो ।
दुर्गा मल्ल/धादिङ

मेरो दसैँको यात्रा रमाइलो नै भयो । टीका नलगाए पनि आफन्तसँग भेटघाट गरेर फर्किएँ ।
सुस्मिता/चितवन

दसैं त झूर नै भयो नि ! गाडी जाम भएर भनेको समयमा पुग्न सकिएन । कता कता जाने प्लान थियो । समयमा गाडी नपुगेर कतै केही गर्न पाइएन । दसैं खल्लोखल्लै भयो । मुग्लिङ सडक के सारो जाम हो ? अलिकति ठाउँ पार गर्न नै २/४ घण्टा लाग्ने ।
भूमि नेपाल/व्यापारी

दसैँको बेला न घर जान टिकट पाइन्छ, न आउँदा पाइन्छ । झापाबाट आउँदा निकै कष्टकर तरिकाले आइयो । खै दसैंमा के रमाइलो भन्नु र ? मेरो दसैं यात्रा खासै सुखद् रहेन ।
मनीष कोइराला/झापा

Leave A Comment