बाहिरिन् कट्रिना

मङ्गलबार, २८ असार २०७३, १२ : ३८ शुक्रवार , Kathmandu
बाहिरिन् कट्रिना

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘ट्युबलाइट’मा कट्रिनाले काम गर्ने हल्ला बलिउड वृत्तमा व्यापक थियो । कट्रिना आफ्ना पूर्वप्रेमी रणवीर कपुरसँग छुट्टिएपछि केही सातासम्म उनी सलमानसँग पुनः नजिकिन पुगेकी थिइन् । त्यत्तिकैमा ‘ट्युबलाइट’ बन्ने चर्चा चलेसँगै कट्रिनाले यसमा सलमानको जोडी भएर काम गर्ने कुरा पनि सुनिएको थियो ।
तर, अहिले आएर कट्रिनाको नाम यो फिल्मसँग जोड्ने सिलसिलामा विराम लागेको छ ।  फिल्मका निर्देशक कबिर खानले फिल्ममा कट्रिना नभई अर्कै कुनै अभिनेत्रीलाई लिने निश्चय गरिसकेका छन् । ‘फिल्ममा कट्रिनाले काम गर्ने छैनन् । कुन अभिनेत्रीलाई लिने भन्ने चाहिँ अझै तय भएको छैन । तर, यसमा कट्रिनाले काम नगर्ने चाहिँ निश्चित भइसकेको छ,’ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

 

Leave A Comment