आशिष्मा पनि निर्माता

सोमबार, ३० असोज २०७४, १२ : १३ शुक्रवार
आशिष्मा पनि निर्माता

निर्माता बन्ने लिस्टमा हिरोइनको नाम थपिने क्रम जारी छ । अग्रज हिरोइनले निर्माण तथा निर्देशनमा सफलता हात पारेको देखेर होला अभिनेत्री आशिष्मा नकर्मीले पनि निर्माणमा हात हालेकी छन् । तर, आशिष्माले यसको सुरुवात गरेकी छन् नेवारी भाषाको फिल्म निर्माणबाट । आशिष्माले मंगलबार मात्र ‘लाखे भाजु’ शीर्षकको फिल्म बनाउने घोषणा गरेकी छन् ।
आशिष्मालाई फिल्मको कुनै खाँचो छैन । खेलिरहेका र रिलिज हुन बाँकी रहेको फिल्मको संख्या राम्रै छ । तर, आशिष्माको दुर्भाग्य के छ भने कुनै पनि फिल्मले उनको करियरलाई गति दिन सकेका छैनन् । उनले खेलेका फिल्म बन्ने, आउने र जाने हतारोमा मात्रै छन् । त्यसैले उद्योगमा लामै समय बितिसक्दा पनि आशिष्माले मज्जाले खुट्टा टेक्न पाएकी छैनन् । यस्तोमा आशिष्माले नेवारी भाषामै सही नयाँ भूमिकामा आफूलाई प्रस्तुत गर्न लागेकी छन् । आशा गरौं, हिरोइनको जस्तो आशिष्माको निर्माताको इनिङ ठीकठाक मात्र नहोस् ।

Leave A Comment