‘फेस अफ फेसन’ फाइनल हुँदै

आइतबार, २९ असोज २०७४, १२ : ०२ शुक्रवार
‘फेस अफ फेसन’ फाइनल हुँदै

‘फेस अफ फेसन’को फाइनल आगामी २९ गते पोखराको सभागृहमा हुने भएको छ । ‘फेस अफ फेसन’ नाम दिएर रमाइलो छ प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई वटा अडिसन राउन्ड पार गरेर कुल ३४ जना प्रतिस्पर्धाबाट १७ जना युवायुवती फाइनलमा प्रवेश गरेका हुन् ।

प्रतिस्पर्धाको फाइनलबाट युवा तथा युवतीतर्फ विजेता र उपविजेता घोषणा गरिने रमाइलो छ डट कमका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विजेता तथा उपविजेताहरुले नगद तथा विभिन्न गिफ्ट ह्याम्पर हात पार्ने छन् ।

ऐरिस्ट अफ भोड्का फेस अफ फेसनको फाइनलमा मिस नेपाल अर्थ २०१४ सोनी राजभण्डारी र नेपाल टुरिजम बोर्डका प्रमुख उदय भट्टराईले निर्णायकको भूमिका निर्वाह गर्ने श्रेष्ठले जनाए ।

मोडलिङमा लागेर आफ्नो भविष्य बनाउन चाहने युवायुवतीका लागि पोखरामा पहिलोपटक मोडलिङ प्रतिस्पर्धा आयोजना गरिएको बताउँदै यस्तो किसिमको प्रतियोगिता पोखरामा अहिलेसम्म नभएको श्रेष्ठले दाबी गरे ।

ऐरिस्ट अफ भोड्का (सांग्रिला स्प्रिट प्रालि) का क्षेत्रीय बजार व्यवस्थापक किशोरकुमार कोइरालाले फेस अफ फेसनले युवा तथा युवतीको व्यक्तित्व विकास गर्न टेवा पुग्ने बताउँदै पोखरामा पहिलो पटक पृथक् प्रतिस्पर्धा भएकाले कार्यक्रमलाई सफल बनाउन मुख्य प्रायोजन गरेको बताए ।

प्रतियोगितमा एसएलसी उत्तीर्ण गरेका १६ देखि २५ वर्ष उमेर समूहका ५ फिटभन्दा बढी उचाइ भएका युवायुवती फाइनलमा प्रतिस्पर्धा गर्ने कार्यक्रममका संयोजक अनिश श्रेष्ठले जानकारी दिए ।

Leave A Comment