हाइ हाइ तपसी

शनिबार, २८ असोज २०७४, ०३ : ३७ शुक्रवार
हाइ हाइ तपसी

बलिउडमा पछिल्लो समय प्रभावशाली अभिनयका कारण चर्चित तपसी पन्नुले एक भिडियोमार्फत महिला सुन्दरताबारेको स्टेरियाटाइपलाई मात ख्वाइदिने अनुमान गरिएको छ । महिला सशक्तिकरणबारे बनाइने भिडियोमा महिला सुन्दरताबारे बेग्लै ढंगले सोच्न बाध्य बनाइनेछ । ‘ब्रेक द ह्यासट्याग’ नामले आउने एक ब्युटी ब्रान्डको भिडियोमा तपसी शक्तिशाली अवतारमा प्रस्तुत हुने खबरले यतिबेला बलिउडवृत तताएको छ । तपसीले सार्वजनिक गरेको फोटोमा समेत उनलाई जिमखानाजस्तो ठाउँमा देख्न सकिन्छ । तपसी भन्छिन्, ‘हाम्रो भिडियो मुख्य उद्देश्यभ नेकै महिलाबारेको हाम्रो सोचलाई परिवर्तन गर्ने हो । महिलालाई उसको भौतिक रुपरंगका आधारमा भेदभाव नगर्न भिडियोले सुझाउनेछ ।’ भिडियोले तपसीका विभिन्न आयामलाई प्रस्तुत गर्ने निकटतम स्रोतले बताएको छ । केही समयमा आउने भिडियोका लागि तपसीले ¥यापका केही लाइन समेत गाउने बताइएको छ ।

 

Leave A Comment