बूढी बोक्ने प्रतियोगिता

शनिबार, २८ असोज २०७४, ०३ : ३० शुक्रवार
बूढी बोक्ने प्रतियोगिता

उत्तर अमेरिकामा गत शनिबार १८ औं संस्करणको श्रीमती बोक्ने प्रतियोगिता सम्पन्न भएको छ । मेनेमा आयोजित उक्त कार्यक्रममा विवाहित जोडीहरु संलग्न थिए । प्रतियोगितामा श्रीमती बोकेर कुद्नुपर्ने हुन्थ्यो । यस प्रतियोगितामा जसले आफ्नी श्रीमती बोकेर दौडमा विजय हुन्छ उसलाई श्रीमतीको तौलको पाँच गुणा बढी रकम दिइने बताइन्छ । भर्जिनियाका जेक र क्रिस्टेन बार्नीले ५८.२६ सेकेन्डमा दौड विजेता बनेका थिए । उनीहरुलाई पुरस्कार स्वरुप १२ केस बियर र क्रिस्टेनको तौलको पाँचगुणा बढी रकमको चेक हस्तान्तरण गरिएको थियो । उनीहरु फिनल्यान्डमा हुने विश्व श्रीमती बोक्ने प्रतियोगिताका लागि आगामी वर्षका लागि समेत पठाइने भएको छ । प्रतियोगिताका लागि दर्जनौं जोडीहरु र सैयौं दर्शकहरु उपस्थित थिए ।

Leave A Comment