फिल्ममा सौगात खोइ ?

सोमबार, २३ असोज २०७४, ०४ : १३ शुक्रवार
फिल्ममा सौगात खोइ ?

पछिल्लो समय युट्युबमा रिलिज भएका सामग्री हेर्ने हो भने लाग्छ, पूरै फिल्म उद्योग सौगातले धानेका छन् । दसैंअघि उनका पालैसँग ‘मेरो पैसा खोइ’, ‘फाटेको जुत्ता’, ‘झ्यानाकुटी’का प्रचार सामग्री रिलिज भए । अझ ‘मेरो पैसा खोइ’ र ‘फाटेको जुत्ता’का त दिन बिराएर ट्रेलर र गीत सार्वजनिक भए । यसरी जताततै सौगात मात्र देखिए पनि उनलाई ‘खतरा’ कलाकार मान्नेहरूको मनमा भने एउटै प्रश्न छन्, सौगातका फिल्म त रिलिज भइरहेका छन् तर तिनमा सौगात कहाँ छन् ?
प्रश्न नाजायज भने हैन, उनका पछिल्ला रिलिज हेर्ने हो भने सौगातले कौडीको भाउमा फिल्म साइन गरिरहेका छन् र दर्शकलाई निरन्तर निराश बनाइरहेका छन् । उनको करियरलाई नियालेर हेर्ने भने एउटा कुरा स्पष्ट देखिन आउँछ, उनले फिल्म भाँडमा जाओस् तर आफ्नो चरित्रलाई भने कहिले मधेसी त कहिले नेवारी बनाएर भयंकर अभिनय गरेको भ्रम छर्न सफल भएका छन् । निर्माता निर्देशक पनि त्यही भ्रममा परेर सौगातलाई लिन्छन् तर बक्स अफिसमा फिल्मले ऐया भन्न पनि पाउँदैन । यसको पछिल्लो उदाहरण हो– ‘संरक्षण’ र ‘मेरो पैसा खोइ’ । दुवै फिल्म कहिले आए गए दर्शकले चाल पाएनन् । सायद सौगातले पनि चाल पाएनन् । कुनै समय राजेश हमालको अवस्था यस्तै थियो । बिहान रिलिज हुन्थे र बेलुका उत्रन्थे । के सौगात पनि उनकै जस्तो जथाभावी फिल्म खेलेर यस्तै अवस्था निम्त्याउने दौडमा छन् ?

Leave A Comment